उनको मन्त्री पद गुमेको ८ दिन भइसकेको छ। नयाँ मन्त्रीमा घनश्याम भुषालले सपथ ग्रहण गरेर कार्यभारसमेत सम्हालीसकेका छन्।
तर, उक्त मन्त्रालयले भने उनको नाम अहिलेसम्म वेवसाइटमा राखेको छैन।
त्यस्तै अर्को मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्टले सपथ लिएर कार्यभार सम्हाली सकेको पनि ८ दिन बितिसकेको छ।
मन्त्रालयको वेवसाइटमा भने यसअघिका मन्त्री मातृकाप्रसाद यादवकै नाम छ। उक्त मन्त्रालयले पनि अहिलेसम्म नाम सच्चाएको छैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइट खोज्दा दुईवटा पोर्टल भेटिने गरेको छ। एउटा खुल्दैन। अर्को साइट खोल्दा त्यसमा अहिले पनि लालबाबु पण्डित नै मन्त्री छन्।
उक्त मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीले पाइसकेका छन्।
सरकारले मन्त्रालयका सूचनालाई प्रविधिमैत्री बनाउने नीति रहेको बताइरहँदा आफ्ना वेवसाइटमा फेरिएका मन्त्रीहरुको विवरण नै अपडेट नगरेको पाइएको छ।
यो समस्या अहिलेमात्र होइन प्रायः हरेक समयमा देखिने गरेको छ।
हरेक मन्त्रालयका सूचनालाई आम सर्वसाधारणलेसमेत जानकारी पाउन् भनेर वेवसाइटमा राखिने गरिएको छ।
त्यहाँ प्रशस्त कर्मचारी पनि कार्यरत हुन्छन्। तर, ८ दिन भइसक्दा पनि ती कर्मचारीले आफू कार्यरत मन्त्रालयमा फेरिएका मन्त्रीहरुको विवरणसमेत अपडेट नगरेको पाइन्छ।
मन्त्री फेरिएका अन्य ३ मन्त्रालयका वेवसाइटमा पनि आज बिहानसम्म पुरानै मन्त्री थिए। तर, दिउँसो भने ती मन्त्रालयका वेवसाइटमा नयाँ मन्त्रीको विवरण समावेश गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वेवसाइटमा दिउँसो नवनियुक्त मन्त्रीहरुको नाम राखिएको हो।
" />उनको मन्त्री पद गुमेको ८ दिन भइसकेको छ। नयाँ मन्त्रीमा घनश्याम भुषालले सपथ ग्रहण गरेर कार्यभारसमेत सम्हालीसकेका छन्।

">