दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
<p>काठमाडौं। आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।</p>
<p>प्रायः सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक आज केही निर्णय तत्काल गर्नु पर्ने भएको हुँदा बोलाइएको एक मन्त्रीले जानकारी दिए। </p>
<p>नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिए लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ। </p>
<p>सुरूमा मन्त्रिपरिषद्को बैठक दिउँसो १ बजे राखिएको थियो। नेकपा सचिवालय बैठक १ बजे बस्ने भएपछि मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारिएको हो। </p>
प्रतिक्रिया दिनुहोस्