काठमाडौं। आज १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक कुनै मुद्दामा प्रवेश नगरी स्थगन गर्ने कुरामा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको बुझिएको छ।
दुई अध्यक्षको सहमतिमै आज १ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकलाई २ बजे सारिएको समेत प्रचण्ड निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार सचिवालय बैठक बस्ने तर मुद्दामा प्रवेश नगर्ने र सहमतिको प्रयासको लागि केही दिन बैठक स्थगित गर्न दुर्व अध्यक्ष सहमत भएपछि आज बैठक हुने भएको हो।
सहमतिको प्रयासको लागि बैठक स्थगित गर्ने सहमति जुटेपछि नै आजको बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने स्रोतको दाबी छ। स्रोतले प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत कुराकानी भएको र त्यसमा बैठकले नै बैठक स्थगित गरी विवाद समाधानको प्रयास गर्ने सहमति जुटेको दाबी गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई बैठकमा सहभागी हुन र सहमतिका लागि बैठक स्थगित गर्न सुझाव दिएको स्रोतले देखापढीलाई बतायो। “राष्ट्रपतिकै सुझावका आधारमा अध्यक्षद्वय बैठकमा सहभागी हुने तर तुरुन्तै बैठक स्थगित गर्ने सहमतिमा पुग्नुभएको छ,” स्रोतले भन्यो, “बैठक स्थगित भएको घोषण सचिवालय बैठकबाटै औपचारिकरूपमा हुँदा राम्रो हुने भएकोले आज केहीबेरको लागि बैठक बस्न लागेको हो। बैठकमा दुवै अध्यक्ष सहभागी हुनुहुन्छ।”
प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पद छोड्न दबाब दिइरहेका छन् भने प्रधानमन्त्रीले दुवै पद छाड्न नमिल्ने बताउँदै आएका छन्।
प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले सरकार राम्रोसँग नचलाएको, एकलौटी ढंगले सरकार चलाएको आरोप लगाउँदै आएका छन्। प्रधानमन्त्री ओलीले भने अर्का अध्यक्ष प्रचण्डले सरकार चलाउनमा सधैँ अवरोध सिर्जना गर्दै आएको र पार्टीको काम केही नगरेको आरोप लगाएका छन्।
यिनै विवादका बीच आज सचिवालय बैठक बोलाइएको थियो। सुरुमा प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी नहुने बताए पनि राष्ट्रपतिको सल्लाहअनुसार दुई अध्यक्षबीच औपचारिकताको लागि मात्र बैठक बस्ने र स्थगित गर्ने सहमति बनेपछि आजको बैठकमा उपस्थित हुने बताइएको छ।
प्रधानमन्त्री ओली निकट स्रोतले भने अझै प्रधानमन्त्री सचिवालय बैठकमा सहभगाी हुने पक्का भइनसकेको बताएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ट्वीट गर्दै सचिवालय बैठक पूर्वनिर्धारित समयमा बालुवाटारमा दिउँसो १ बजे बस्ने जनाएका थिए।
“नारायणकाजीले ट्विट गरेर नेकपाको सचिवालय बैठक बस्ला र ? मलाई त आज बैठक बस्नेमा शंका छ,” प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले पार्टी प्रवक्ता श्रेष्ठलाई व्यंग गर्दै देखापढीसँग भने।
" /> काठमाडौं। आज १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक कुनै मुद्दामा प्रवेश नगरी स्थगन गर्ने कुरामा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको बुझिएको छ।दुई अध्यक्षको सहमतिमै आज १ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकलाई २ बजे सारिएको समेत प्रचण्ड निकट स्रोतले जनाएको छ।

">