बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरू
काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा छलफल सुरू भएको छ।

सचिवालय बैठकमा प्रस्तुत हुनुअघि प्रधानमन्त्रीसमेत रहेका ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग ‘वान अन वान’ वार्ता गर्नुपर्ने शर्त राखेपछि अध्यक्षद्वयबीच छलफल सुरू भएको हो।

“प्रधानमन्त्रीज्यूले सचिवालय बैठक बस्नुअघि प्रचण्डसँग कुराकानी गर्नुपर्ने भन्ने सन्देश हिजै महासचिवमार्फत् पठाउनु भएको थियो तर प्रचण्डले त्यसलाई स्वीकार नगरी सीधै सचिवालय बैठकमा आउने भनिए पछि कुरा मिल्न सकेको थिएन,” बालुवाटार स्रोतले भन्यो, “जबसम्म अध्यक्षद्वयका बीचमा कुराकानी हुँदैन तबसम्म बैठकमा उपस्थित नहुने अडान प्रधानमन्त्री ओलीले राखेपछि बैठकअघि प्रचण्डले प्रधानमन्त्रीलाई भेट्नु भएको हो।”

उनका अनुसार अध्यक्षद्वयबीच कुराकानी नगरी बैठकमा प्रस्तुत भए आफू आउन नसक्ने सन्देश प्रधानमन्त्री ओलीले हिजै महासचिव पौडेलमार्फत् प्रचण्डलाई पठाएका थिए।

अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सम्पन्न भएलगत्तै सचिवालय बैठक सुरु हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्