काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’को जवाफ अर्का अध्यक्ष केपी शर्मा ओलीले दिने भएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोप स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा व्यवस्थित रूपमा जवाफ दिने जनाएका हुन्।
“प्रचण्डजीले राजनीतिक प्रस्ताव भनेर पेश गरेका विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले ममाथि आधारहीन लाञ्छना लगाउनुभएको छ,” प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “यो आधारहीन लाञ्छनाको म व्यवस्थित र तथ्ययुक्त रूपमा प्रतिवाद गर्दछु, म यसको सबै जवाफ एकमुष्ट रूपमा दिन्छु तर उहाँको आरोप म कदापि स्वीकार गर्दिनँ।”
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले व्यक्तिगत कुण्ठा राखेर निराधर आरोप लगाएको जिकिर गर्दै आगामी सचिवालय बैठकमा त्यसको लिखित जवाफ दिने प्रतिबद्धता जनाएका छन्। कार्यकारी अध्यक्ष प्रचण्डले तथ्यहीन आरोप लगाएर नेकपाभित्र भाँडभैलो गर्न खोजेको मात्रै होइन, त्यसै भाडँभैलो मच्चाएर नेतृत्व हडप्नसमेत खोजेको आरोप पनि सचिवालय बैठकमा लगाएका छन्।
स्थायी कमिटी बैठकले दिएको जिम्मेवारीअनुसार महाधिवेसनको कार्ययोजना नल्याएको, पार्टी एकीकरणको काममा अग्रसरता नदेखाएको, एकीकरणसम्बन्धी विवादहरू टुङ्ग्याउन लागि नपरेको तर सरकारको काममा निरन्तर अवरोध गरेको तथा राजनीतिक नियुक्तिहरूमा मात्रै बढी चासो देखाउँदा समस्या भएको आरोप पनि प्रधानमन्त्री ओलीले लगाएका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्तावलाई राजनीतिक प्रस्ताव मान्न नसकिने जनाउँदै कुण्ठाको उपचार गराउन नसकिने जवाफ पनि बैठकमा दिएका छन्। तर, पनि प्रचण्डले प्रस्ताव गरेको आरोप लिखित रूपमा आइसकेपछि त्यसको जवाफ दिन आवश्यक भएको जनाएको छन्।
“प्रचण्डको जवाफदिन त कुनै जरुरी छैन, यसको कुनै अर्थ छैन तर प्रश्न उठिसकेपछि म यसको जवाफ उपयुक्त समयमा तथ्यपरक र व्यवस्थित रूपमा दिनेछु’ प्रधानमन्त्रीले बैठकमा भने।
प्रधानमन्त्री ओलीले व्यवस्थित र तथ्ययुक्त रूपमा कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोप जनताले थाहा पाउने गरी सचिवालय बैठकमा पेश गर्ने पनि प्रतिबद्धता व्यक्त गरेपछि बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ।
हेर्नुहोस्-
१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित
बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु
प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार
शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली
नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!
" />काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’को जवाफ अर्का अध्यक्ष केपी शर्मा ओलीले दिने भएका छन्।

">