नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते बस्ने तय भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपको ‘काउन्टर’ गर्ने भएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको १९ पृष्ठ लामो आरोपको ‘काउन्टर जवाफ’ मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा पेश गर्ने भएका हुन्।
“प्रचण्डजीले जे–जे तथ्यहीन र लाञ्छनायुक्त आरोप लगाउनुभएको छ, त्यसको म व्यवस्थित र तथ्यपरक रूपमा जवाफ दिनेछु,” प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा भने, “उहाँको कुनै पनि आरोपलाई म कदापि स्वीकार गर्दिनँ, तर सचिवालयमा नै पेश भएपछि त्यसको जवाफ भने अवश्य दिनेछु।”
जवाफको तयारीका लागि भन्दै प्रधानमन्त्री ओलीले समय माग गरेपछि मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित भएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई २०७६ मंसिर ४ गते कार्यकारीको जिम्मेवारी दिए पनि हालसम्म पार्टीका एकीकरणको बाँकी काम त परै जाओस्, गत भदौ २६ गते स्थायी कमिटीले निर्णय गरेअनुसार १५ दिनभित्र महाधिवेसनको कार्ययोजनासमेत नबनाएकोप्रति स्मरण गरेका छन्।
“कार्यकारी अध्यक्ष प्रचण्डले खै कहाँ महाधिवेसनको कार्ययोजना बनाउनुभयो, खै महाधिवेसनका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गर्नुभयो, पार्टी एकीकरणको काम १५ दिनभित्र सक्ने भनेर स्थायी कमिटीले दिएको निर्देशनपछि कहाँकहाँ त्यसका लागि के–के काम गर्नुभयो?” प्रधानमन्त्रीले सचिवालय बैठकमा प्रश्न गरे, “झन्, सचिवालय बैठकले १० दिनभित्र पार्टी एकीकरणको काम सम्पन्न गर्ने जिम्मेवारी कार्यकारी अध्यक्षलाई दिएको थियो, किन सक्नुभएन?” आजको सचिवालय बैठकमा प्रधानमन्त्रीओलीले प्रचण्डमाथि प्रश्नै प्रश्न गरेको थिए, स्रोतले भन्यो।
“स्थायी कमिटीले पार्टीको काम सम्पूर्ण रूपमा प्रचण्डजीलाई जिम्मा दिएपछि म बालुवाटारबाट निस्केकोसम्म थिएनँ, तर त्यसरी छाड्दा पनि उहाँले पार्टीलाई महाधिवेसनमा होमाउने काम गर्नुभएन,” प्रधानमन्त्री ओलीको गुनासो थियो, “आफुलाई दिएको जिम्मेवारी कुनै पूरा नगर्ने तर सरकारको काममा निरन्तर भाँजो मात्रै हाल्ने काम गर्नुभएको त तथ्यहरूले नै देखाइरहेको छ।”
प्रधानमन्त्री ओलीका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक नियुक्ति र मन्त्री हेरफेरजस्ता राजकीय पद बाँडफाँडमा मात्रै बढी चासो व्यक्त गर्दा पार्टीभित्र समस्या भएको हो। “नेकपाभित्रको विवाद हल गर्न केही गर्नुपर्दैन, प्रचण्डजीले पाएको जिम्मेवारीअनुसार उहाँ पार्टीको काममा लाग्ने मात्रै हो भने नेकपामा विवाद कहीँ पनि हुन्न, तर उहाँ पार्टीको काममा लाग्नु हुन्न, खालि नियुक्तिमा चासो मात्रै राख्नुहुन्छ।”
प्रधानमन्त्री ओलीले अमेरिकाका लागियुवराज खतिवडाको प्रस्ताव नै प्रचण्डको भएको पुनः खुलाएका छन्। “राजदूतका लागि युवराजजीको प्रस्ताव नै प्रचण्डजीको हो, मुख्यसचिव (लोकदर्शन रेग्मी) पनि राजदूत बनाउनुपर्ने भयो, बनाइयो, समावेशी भएन भनेर एक जना थपिएको हो,” प्रधानमन्त्रीले भने, “त्यसरी सहमति भएको बिषयमा पनि उहाँले बाहिर सहमतिबेगर राजदूत नियुक्ति गर्यो भनेर डंका पिट्नुभयो।”
उनका अनुसार बालुवाटारमा एउटा सहमति गरेर जाने तर बाहिर अर्को कुरा गरेर कृत्रिम विवाद खडा गर्ने काम प्रचण्डले गरेको आरोप पनि प्रधानमन्त्रीको छ।
प्रधानमन्त्रीलाई मात्रै राखेर अरू सबैलाई मन्त्रीबाट हटाउनुपर्ने प्रचण्डको प्रस्ताव आफूले अस्वीकार गरेको पुनः सचिवालयमा दोहोर्याएका छन्। “म मात्रै बसेर अरूको सामूहिक राजीनामा गर्न लगाउनुपर्ने प्रस्ताव मैले अस्वीकार नै गरेको हो, तर मैले तपाईँ (पूर्व माओवादी)को को मन्त्री बनाउने र कसकसलाई हटाउने नाम दिनु भन्दा उहाँले दिनसक्नु भएन,” ओलीले भने, “त्यसपछि तत्कालका लागि रिक्त रहेका मन्त्रालय मात्रै मन्त्री नियुक्ति गर्ने र बाँकी तिहारपछि गर्ने भन्ने भएपछि मैले ३ मन्त्री नियुक्ति गरेको थिएँ, तर उहाँले बाहिर गएर सहमति नै नगरी एकलौटी गरेको भनिदिनुभयो।”
आफ्नो मन्त्रिमण्डलमा को–को मन्त्री नियुक्ति गर्ने भन्ने अधिकार संविधानतः प्रधानमन्त्रीमा निहीत रहँदा पनि प्रचण्डसँग परामर्श र सल्लाह गरेर सम्मान गरेको विषय प्रचण्डले भुलेको ओलीको आरोप छ।
“बालुवाटारमा एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने उहाँको दोहोरो चरित्रले नेकपामा निकै समस्या देखिएको छ, जब लिखित रूपमा नै मलाई लाञ्छानायुक्त, तथ्यहीन आरोप लगाउने काम भयो, त्यो आरोपको एक–एक जवाफ म लिखित रूपमा नै दिनेछु, त्यो पनि व्यवस्थित रूपमा पार्टी कमिटीमा” ओलीको बैठकको बिट मार्दै भने।
प्रचण्डको प्रस्तावलाई ‘राजनीतिक प्रस्ताव’ मान्न अस्वीकार गरे पनि लिखित रूपमा आएपछि त्यसको जवाफ मंसिर १३ को सचिवालय बैठकमा लिखित रूपमा नै दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएपछि आजको बैठक स्थगित भएको थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रधानमन्त्रीको जवाफ आएपछि मंसिर १८ गते बस्ने सचिवालय बैठक र मंसिर २५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।
“प्रधानमन्त्रीलाई राजनीतिक प्रतिवेदन लेख्नका लागि बैठकले १० दिनको समय दिएको छ,” प्रवक्ता श्रेष्ठले भने। यस कारण मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते सारिएको श्रेष्ठले जानकारी दिए।
हेर्नुहोस्-
१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित
बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु
प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार
शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली
नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!
प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री
" /> नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते बस्ने तय भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपको ‘काउन्टर’ गर्ने भएका छन्।कार्यकारी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको १९ पृष्ठ लामो आरोपको ‘काउन्टर जवाफ’ मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा पेश गर्ने भएका हुन्।

">