काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
छठलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्त्वपूर्ण र पवित्र पर्व भन्दै सभापति देउवाले सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन्।
उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजले सम्पन्न मुलुक भएको बताए। यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहेको पनि उनको भनाइ छ।
सबै चाडपर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर रहेको उल्लेख गर्दै सभापति देउवाले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गरी सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताएका छन्।
उनले कोभिड-१९ संक्रमणको जोखिम रहेको अवस्था रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपले पालना गर्दै भौतिक दूरी कायम गरेर पर्व मनाउन आग्रह पनि गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।छठलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्त्वपूर्ण र पवित्र पर्व भन्दै सभापति देउवाले सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन्।

">