काठमाडौं। प्रतिबन्धमा परेपछि भूमिगत रूपमा गतिविधि सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना नेता कार्यकर्ताले ज्यान गुमाएका छन्।
ज्यान गुमाएकाहरूलाई उक्त पार्टीले ‘एकीकृत जनक्रान्तिका महान सहिदहरू’ भनेको छ।
उक्त पार्टीका अनुसार धनरूप बटाला, चन्द्रबहादुर सिंह ‘सनराइज’, तीर्थराज घिमिरे ‘राजु’, गोकुल राना मगर ‘महान’, प्रज्वल शाही ‘प्रज्वल’, विभूराम विक ‘दीपेन्द्र’, विष्णु भण्डारी ‘निरन्तर’, रामकुमार श्रेष्ठ, कुमार पौड्याल, नीरकुमार राई ‘प्रशान्त’ र रामबहादुर सिंह ‘राजेश’ले ज्यान गुमाएका हुन्।
ज्यान गुमाउनेमध्ये कुमार पौडेल सर्लाही र नीरकुमार ओखलढुङ्गाका इञ्चार्ज हुन्। गोकुल राना मगर सैन्य कमाण्डर रहेको बताइएको छ।
पार्टी प्रतिबन्धमा परेपछि विभिन्न ठाउँमा भएका गतिविधिमा सुरक्षाफौजका कार्बाहीमा केही मारिए भने केहीको चाहिँबम बनाउने क्रममा विस्फोटमा परी मृत्यु भएको हो।
सरकारले विप्लवले नेतृत्वको गरेको नेकपालाई २०७५ सालको फागुन २८ गते प्रतिबन्धन लगाएदेखि २०७७ कार्तिक १८ गतेसम्मको तथ्याङ्क अनुसार एक हजार ९०६ जना पक्राउ परेका छन्। एक सय ३३ जना पुर्पक्षाका लागि कारागार चलान समेत भएका छन्।
२०७१ सालमा आफ्नै एक जना राजनीतिक गुरू मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी ‘क्रान्तिकारी बन्न नसकेको’ भन्दै एकीकृत जनक्रान्ति गर्ने भनेर विप्लव समूह अगल भएको थियो।
त्यसअघि, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको तत्कालिन एकीकृत नेकपा माओवादीबाट बैद्यसँगै विप्लव पनि अगल भएका थिए।
" /> काठमाडौं। प्रतिबन्धमा परेपछि भूमिगत रूपमा गतिविधि सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना नेता कार्यकर्ताले ज्यान गुमाएका छन्।ज्यान गुमाएकाहरूलाई उक्त पार्टीले ‘एकीकृत जनक्रान्तिका महान सहिदहरू’ भनेको छ।

">