काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व ‘दोस्रो पुस्ता’लाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि त्यसले नयाँ बहस सिर्जना गरेको छ।

नेकपाको ‘पहिलो पुस्ता’ राजनीतिक आन्दोलनलाई उपलब्धिमूलक ढंगले निकास दिन सफल भए पनि विकास र समृद्धिको यात्रातर्फ जानुपर्ने बेलामा आन्तरिक कलहमा अल्झिएपछि ‘दोस्रो पुस्ता’लाई नेतृत्व हस्तान्तरण गरेर जानुपर्ने बहस सुरू भएको हो।

प्रधानमन्त्री ओलीको ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने’ बताएलगत्तै महासचिव विष्णुप्रसाद पौडेलले गत मंसिर ३ गते सचिवालय बैठकमा राखेको प्रस्तावले झन् नेकपाको ‘पहिलो पुस्ता’ असफल भएको दलिल पेश गरेको थियो। महासचिव पौडेलको प्रस्ताव थियो, “सचिवालयका हामी सबै निकास दिन असफल र असक्षम भयौं। त्यसैले सामूहिक राजीनामा दिउँ।”

नेकपाभित्र ‘मध्यमार्गी धार बोक्ने’ तथा सहजीकरण गर्न सक्ने नेताका रूपमा छवि बनाएका महासचिव पौडेलले ‘पहिलो पुस्ता’ नेतृत्व गर्न असफल भएको भन्दै सचिवालय भंग गर्नुपर्नेसम्मको प्रस्ताव राखेपछि दोस्रो पुस्तातर्फ धेरैको नजर मोडिएको छ। तर, नेकपाभित्रको दोस्रो पुस्ताले भने नेतृत्वमा अहिलेसम्म दाबी गरिसकेको छैन।

महासचिव पौडेलले पहिलो पुस्ता असफल भएको निष्कर्षसहित राखेको प्रस्तावलाई स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने सार्वजनिक रूपमा नै समर्थन जनाइसकेका छन। ‘सचिवालय भंग गर्नुपर्ने महासचिवको प्रस्ताव प्रति मेरो समर्थन छ,’ भन्दै शर्माले पौडेलको प्रस्ताबमाथि सार्वजनिक समर्थन जनाएका थिए।

पर्यटन मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि केही समयअघि नेकपाको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बेला आएको भन्दै प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई सक्रिय राजनीतिबाट विश्राम लिएर ‘नेल्सन मण्डेला’ बन्न सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले ‘दोस्रो पुस्ता’लाई नेतृत्व हस्तान्तरण गरेर जानु पर्ने प्रस्ताव अघि सारे पनि नेकपाभित्र उनी इतरका सचिवालय सदस्यले ‘त्याग’का बारेमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। बरु कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा औपचारिकरूपमा नै व्यंग्य कस्दै प्रधानमन्त्री ओलीलाई अप्ठेरो पार्न खोजेको देखिन्छ।

“तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नु भएको छ। तर, व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुल्ला रूपमा गरिरहनु भएको छ,” ओलीलाई कात्तिक २८ गते लेखेको पत्रमा प्रचण्डले उल्लेख गरेका छन्।

ओलीप्रति अविश्वास प्रकट गरे पनि ओलीबाट ‘त्याग’ अपेक्षा गरेका प्रचण्डले औपचारिकताकै लागि पनि आफू ‘त्याग’का लागि तयार रहेको र नेतृत्व दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको प्रतिबद्धता जनाउन सकेका छैनन्।

कार्यकारी अध्यक्ष प्रचण्ड मात्रै होइन, प्रधानमन्त्री ओलीविरूद्ध निरन्तर ‘लडाईं’ गरिरहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ देखि ओलीपक्षकै सचिवालय सदस्य ईश्वर पोखरेललगायतले पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तत्परता औपचारिकताका लागि समेत देखाउन सकेका छैनन्।

बरु सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिएर बसेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दोस्रो पुस्ताले नेतृत्व खोस्नुपर्ने’ भन्दै सार्वजनिक अपिल गरेका छन्।

बाँस्कोटाले दोस्रो पुस्ताका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र विष्णुप्रसाद पौडेललगायतलाई नेतृत्वमा दाबी गर्न आग्रह गरेका छन्।

“दोस्रो पुस्ताले निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने ?,” बास्कोटाले दोस्रो पुस्तालाई आह्वान गरे, “अब समयले परीक्षण माग्यो।”

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि नेकपाको मात्र नभई सम्पूर्ण नेपाली राजनीतिकै पहिलो पुस्ता असफल सिद्ध भइसकेको भन्दै ‘ब्याकग्राउन्ड’मा बसेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिन्छन्।

“अहिलेको ६० वर्ष नाघेको पुस्ता देश चलाउने सवालमा असफल पुस्ता हो। यो पुस्ताले अब उमेरको हिसाबले पनि चलाउन सक्ने अवस्था छैन। उनीहरूले ‘ब्याकग्राउन्ड’ मा बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ,” श्रेष्ठको सुझाव छ, “अहिले देश चलाउन सक्षम र बलियो रूपमा नै नयाँ पुस्ता तयार भइसकेको छ। मात्र उनीहरूलाई अवसरको खाँचो छ।”

विश्लेषक श्रेष्ठले ‘दोस्रो पुस्ता’का कतिपय नेतामा नेतृत्वको वरिपरि मात्रै घुमेर अवसर लिने ‘गणेश प्रवृत्ति’ देखिए पनि केही भने आँट गर्न सक्षम रहेको बताएका छन्।

“पहिलो पुस्ताले केही गरेन भनेर गुनासो मात्रै गर्ने तर आँट नगर्ने हो भने त मेरो भन्नु केही छैन। तर अवसर पाए नेतृत्व गर्न सक्ने पनि छन् भन्ने मलाई विश्वास छ,” श्रेष्ठको टिप्पणी छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व ‘दोस्रो पुस्ता’लाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि त्यसले नयाँ बहस सिर्जना गरेको छ।

"> नेकपाको दोस्रो पुस्ता परीक्षणमा: गणेश प्रवृत्तिमै रम्ने कि नेतृत्वमा हस्तक्षेप गर्ने ?: Dekhapadhi
फाइल तस्वीर।
नेकपाको दोस्रो पुस्ता परीक्षणमा: गणेश प्रवृत्तिमै रम्ने कि नेतृत्वमा हस्तक्षेप गर्ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्