चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा हिजो भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा हो-हल्ला भएको घटनाको छानविन गर्न माग गरिएको छ।
पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेको अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले हो-हल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ।”
" /> चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा हिजो भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा हो-हल्ला भएको घटनाको छानविन गर्न माग गरिएको छ।पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेको अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले हो-हल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ।”
">