काठमाडौं। एक वर्षदेखि रोकिएको नेपाल-भारत कूटनीतिक सम्वाद यो साता तोडिने भएको छ। भारतीय विदेश सचिव हर्ष बर्द्धन श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्ने भएपछि दुई देशबीच देखिएको कूटनीतिक गतिरोधको अन्त हुने भएको हो।
“विदेश सचिवले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहन्छ। भ्रमणको औपचारिक घोषणा एक-दुई दिन भित्र हुन्छ,” काठमाडौंस्थित भारतीय दूतावास स्रोतले देखापढीसँग भन्यो।
दूतावासले विदेश सचिवको भ्रमणको बेला आवश्यक सुरक्षा व्यवस्थाको लागि परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयलाई अनुरोध गरिसकेको छ। गृहले पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई भनिसकेको छ।
लामो समयदेखि नेपाल र भारतबीच उच्चस्तरीय कूतनीति तहमा सम्वाद हुन नसकिरहेको बेला हुन लागेको भारतीय विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गत वर्ष भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा पनि समेटेपछि नेपाल र भारतबीच तनाव बढेको थियो। भारतको उक्त कदममो विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाए पनि भारतले वेवास्था गर्दै आएको थियो।
यसै वर्ष भारतले नेपाली भूमी कालापानीबाट चीनको कैलाश मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि झन् तनाव बढेको थियो। नेपालले भारतको दुर्व कार्यको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो।
सीमा विवाद सुल्झाउन नेपालले पटक पटक भारतसँग आग्रह गरेको भएपनि भारतले वार्ताप्रति चासो दिएको थिएन। यसले दुई देशबीच झन् तनाव सृजना गरेको थियो। यसैबीच मंसिर ११ र १२ गते भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन्। उनको भ्रमणले तनावलाई केही मत्थर गर्ने आशा गरिएको छ।
दुई देशबीचको सीमा विवाद खासगरी सुस्ता र कालापानी विवाद सुल्झाउने जिम्मेवारी दुई देशका विदेश सचिव स्तरीय संयन्त्रलाई काठमाडौंमा सन् २०१४ मा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकले दिएको थियो।
विदेशमन्त्री स्तरीय आयोगको बैठकले दुई देशका सचिवलाई उक्त जिम्मेवारी दिए पनि हालसम्म सीमा विवाद सुल्झाउन सचिवबीच बैठक बस्न सकेको थिएन।
यसैकारण पनि पनि भारतीय विदेश सचिवको नेपाल भ्रमणका बेला हुने नेपाल–भारत सचिव स्तरीय बैठकमा यी कुरा उठ्ने र विवादको गाँठो फुक्ने आशा गरिएको छ।
“नेपाल-भारत सचिव स्तरीय बैठकमा दुई देशबीचका सम्पूर्ण मद्दाहरुमा छलफल हुन्छ,” दूतावास स्रोतले भन्यो।
नेपाल भ्रमणका बेला भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने बुझिएको छ।
" /> काठमाडौं। एक वर्षदेखि रोकिएको नेपाल-भारत कूटनीतिक सम्वाद यो साता तोडिने भएको छ। भारतीय विदेश सचिव हर्ष बर्द्धन श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्ने भएपछि दुई देशबीच देखिएको कूटनीतिक गतिरोधको अन्त हुने भएको हो।“विदेश सचिवले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहन्छ। भ्रमणको औपचारिक घोषणा एक-दुई दिन भित्र हुन्छ,” काठमाडौंस्थित भारतीय दूतावास स्रोतले देखापढीसँग भन्यो।

">