राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन १५ माघभित्र

काठमाडौं। राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ।

आउँदो २० फागुनदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा सदस्यहरूको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने उल्लेख छ। यसअनुसार १५ माघभित्र निर्वाचन गरिसक्नुपर्छ।

राष्ट्रियसभाको पहिलो बैठक २१ फागुन २०७४ मा बसेकोले सोही मितिबाट पदावधि गणना हुन्छ।

प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ। सोही अनुसार एकतिहाइ सदस्यको पदावधि २० फागुनमा पुरा हुने आजको नागरिक दैनिकमा समाचार छ।

५९ जना सदस्य रहेको राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाट दुई/दुई जना सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्