नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वमा निरपेक्ष रहेको बताएका छन्।

“भ्रम कोही कसैलाई केही छ भने!,” शर्माले ट्वीटरमार्फत भनेका छन्, “पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई। अत: कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं। नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं।”

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार बालुवाटारमा भएको भेटमा सत्ता साझेदारीको कुरा भएको भन्ने समाचारहरू सञ्चारमाध्यममा आएपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

“अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्। सजग गराउँदछौं,” शर्माले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्