काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले आफूहरू भूमिगत नरहेको दाबी गर्दै राज्यसँग वार्ताका लागि तत्परता जनाएका छन्।
पार्टीनिकट एक अनलाइनसँगको अन्तरवार्तामा चन्दले आफूहरू सधैँ वार्ताको पक्षमा रहेको बताउँदै राज्यले औपचारिक आह्वान गरे वार्ता सम्भव रहेको बताएका हुन्।
“वार्ता र संवादको हकमा हामी सधै क्लियर छौँ। हामीले पार्टी बन्ने बेलामा रत्नपार्कबाटै हाम्रा कुरा सुन भनेका थियौँ। प्रचण्डसँग विद्रोह गर्दा पनि हामीले राज्यले हाम्रा कुरा सुन्नुपर्छ भनेका थियौँ। हाम्रा कुरा सुन्नुपर्छ भन्नुको अर्थ वार्ता गरौँ भनेको हो नि त,” चन्दले भनेका छन्, “सरकारले साँच्चै वार्ता चाहेको हो भने इमानदार भएर औपचारिक आह्वान गरोस्। हामी तयार छौँ।”
सरकारद्वारा २०७५ फागुनमा प्रतिबन्धित घोषणा गरिएपछि भूमिगत अवस्थामा रहेको पार्टीका सर्वोच्च कमाण्डरको भूमिकामा रहेका चन्दले आफूहरू भूमिगत नरहेको दाबी गरेका छन्।
“पञ्चायतको बेलामा भूमिगत हुनुपथ्र्यो होला, तर अहिले हामी भूमिगत छैनौँ। हामी जनताको बीचमा छौँ। हामी प्रतिस्पर्धामा छौँ,” सरकारले हामीलाई भूमिगत भनेर अफवाह फैलाइरहेको छ।
अन्तरवार्तामा चन्दले सरकार र व्यवस्थासँग असन्तुष्ट कम्युनिष्ट पार्टीहरूको बीचमा कार्यगत एकताको पहल भइरहेको बताएका छन्।
“बुद्धिजीवीहरूले हामीलाई सन्देश ल्याउनुभएको छ। यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ। यो व्यवस्था र यो सत्ताको विकल्प खोज्ने शक्तिहरूको बीचमा एकता गर्ने हाम्रो घोषित नीति नै हो। त्यसका लागि थुप्रै कोणबाट पहल भइरहेका छन्,” उनले थपेका छन्।
" /> काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले आफूहरू भूमिगत नरहेको दाबी गर्दै राज्यसँग वार्ताका लागि तत्परता जनाएका छन्।पार्टीनिकट एक अनलाइनसँगको अन्तरवार्तामा चन्दले आफूहरू सधैँ वार्ताको पक्षमा रहेको बताउँदै राज्यले औपचारिक आह्वान गरे वार्ता सम्भव रहेको बताएका हुन्।

">