काठमाडौं। पर्सि बिहीबार भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपालको दुई दिने भ्रमणमा आउँदै छन्।
कुनै एक मुलुकको विदेशसचिव अर्को छिमेकी देशको छोटो भ्रमणमा निस्कनु धेरै ठूलो कुरा होइन। तर, भारतीय मिडियाले शृंगलाको नेपाल भ्रमणलाई निकै महत्त्व दिएर समाचार बनाइरहेका छन्। सरकारी तहबाट यसलाई नियमित भ्रमण भने पनि यसको अन्तर्य केही फरक छ।
भारतले विगत केही वर्षदेखि नेपालप्रति देखाउँदै आएको व्यवहार हेपाहा रहेको बुझ्न कठिन छैन। एउटा सार्वभौम मुलुकले आफ्नो देशको संविधान जारी गर्दा अर्को देशले असहमति जनाउनुलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन। नेपालको संविधान २०७२ जारी गरेलगत्तै निकटतम छिमेकी भारतले त्यसमा आफ्नो विमति रहेको बतायो। त्यतिमात्र होइन नेपालमा नाकाबन्दी नै लगायो।
दुई देशबीचको सम्बन्ध चिसिनुको अर्को प्रमुख कारण, सीमा विवाद हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले गत मे महिनामा उत्तराखण्डको लिपुलेखलाई धार्चुला जोड्ने ८० किलोमिटर लामो सडकको उद्घाटन गरे। सो भूभाग नेपालको रहेको ऐतिहासिक तथ्य र दस्तावेजले पुष्टि गर्छ। त्यसपछि नेपाल सरकारले पनि आफ्नो देशको वास्तविक नक्सा जारी गर्न बाध्य भयो। यसपछि दुई देशबीचको सम्बन्धमा थप तीक्तता आएको हो।
भारत र चीनबीचको सम्बन्ध केही समयदेखि शत्रुतापूर्ण बन्न पुगेको छ। यो अवस्थामा सामरिक महत्त्वका हिसाबले पनि भारतले नेपालको साथ खोज्नु अन्यथा होइन। विगतमा भारतका तर्फबाट भएका व्यवहारले नेपाल चिढिएको र अर्को छिमेकी चीनतर्फ ढल्किएको हो कि भन्ने महसुस भारतमा गर्न थालिएको छ। त्यसकारण पनि एकपछि अर्को गर्दै महत्त्वपूर्ण व्यक्ति नेपाल भ्रमणमा निस्किरहेका छन्।
लिपुलेख, कालापानी र लिम्पियाधुरा नेपालको क्षेत्र हो। सामरिक दृष्टिले अति महत्त्वपूर्ण नेपालका यी क्षेत्रमा सडक बनाएर उद्घाटन (भर्चुअल)समेत गर्नुले विशाल भारतले सानो नेपाललाई मिचाहा व्यवहार देखाएको स्पष्ट हुन्छ।
संसारमै कतिपय देश सीमा विवादमा उल्झिएका छन्। सीमा क्षेत्र भनेकै यस्तो क्षेत्र हो, जुन दुवैतर्फका निम्ति अत्यावश्यक हुने गर्छन्। पछिल्लो समय अजरबैजान र आर्मेनियाबीचको लडाइँ सीमाकै कारण भइरहेको छ। भारतस्थित कास्मिरको युद्ध निकै पुरानो भइसकेको छ। उता, चीन र भारतबीच लद्दाख क्षेत्रमा ठूलै तनाव चलिरहेकै छ।
भारत र चीनबीचको सम्बन्ध केही समयदेखि शत्रुतापूर्ण बन्न पुगेको छ। यो अवस्थामा सामरिक महत्त्वका हिसाबले पनि भारतले नेपालको साथ खोज्नु अन्यथा होइन। विगतमा भारतका तर्फबाट भएका व्यवहारले नेपाल चिढिएको र अर्को छिमेकी चीनतर्फ ढल्किएको हो कि भन्ने महसुस भारतमा गर्न थालिएको छ। त्यसकारण पनि एकपछि अर्को गर्दै महत्त्वपूर्ण व्यक्ति नेपाल भ्रमणमा निस्किरहेका छन्। भ्रमणले नेपालसँगको सम्बन्ध न्यानो बनाउन सके दुवै देशलाई लाभ हुने निश्चित छ।
यस्तो अवस्थामा भारतीय विदेशसचिव शृंगला नेपाल आउने लागेकाले समाचारमा महत्त्व दिइएको हो। उनी नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा यता आउन लागेका हुन्। भारतीय विदेश मन्त्रालयले दुई देशबीच ऐतिहासिक मात्र होइन सभ्यतागत सम्बन्ध रहेको बताएको छ।
विदेशसचिवको भूमिकामा रहेका शृंगला भारतमा प्रभावकारी व्यक्ति मानिन्छन्। उनीसँग नेपालका परराष्ट्रसचिव मात्र होइन, सरकारका प्रभावकारी मन्त्रीले समेत कुराकानी गरेर आफ्ना अडान स्पष्ट ढंगमा राख्न सक्नुपर्छ।
नेपालको तुलनामा भारत उसै पनि विशाल छ। त्यसको अर्थतन्त्र, उद्योगधन्दा, रोजगारी तथा उत्पादन पनि बृहत् छ। त्यो विशाल मुलुकले नेपाललाई सानो सहयोग गर्दा पनि ठूलो बन्न पुग्छ। यतिखेर संसार नै कोरोना महामारीले त्रसित छ। भारतले महामारीविरुद्धको भ्याक्सिन निर्माणमा ठूलो प्रगति गरेको छ। छिमेकी नेपालले यस विषयमा पनि मद्दत लिन सक्छ।
द्विपक्षीय सम्बन्ध मजबुत गर्नु त छँदै छ साथमा सीमा पार कनेक्टिभिटीसँग जोडिएका परियोजनाबारे छलफल गर्नु जरूरी छ। विदेशसचिवको भूमिकामा रहेका शृंगला भारतमा प्रभावकारी व्यक्ति मानिन्छन्। उनीसँग नेपालका परराष्ट्रसचिव मात्र होइन, सरकारका प्रभावकारी मन्त्रीले समेत कुराकानी गरेर आफ्ना अडान स्पष्ट ढंगमा राख्न सक्नुपर्छ।
स्मरणीय छ, नेपालले जारी गरेको नयाँ नक्साबारे नकारात्मक र अव्यावहारिक टिप्पणी गरेका सेना प्रमुख जनरल एमएम नरवणे यही महिनाको आरम्भमा नेपाल आएका थिए। उनले नेपालका शीर्ष नेताहरूसँग भेट गरेका थिए। द्विपक्षीय सम्बन्ध र सहयोगबारे पनि चर्चा गरेका थिए।
" /> काठमाडौं। पर्सि बिहीबार भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपालको दुई दिने भ्रमणमा आउँदै छन्।कुनै एक मुलुकको विदेशसचिव अर्को छिमेकी देशको छोटो भ्रमणमा निस्कनु धेरै ठूलो कुरा होइन। तर, भारतीय मिडियाले शृंगलाको नेपाल भ्रमणलाई निकै महत्त्व दिएर समाचार बनाइरहेका छन्। सरकारी तहबाट यसलाई नियमित भ्रमण भने पनि यसको अन्तर्य केही फरक छ।

">