काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राजनीतिक तुलना हुन नसक्ने बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने, “पार्टी एकीकरणअघिदेखि नै ओली अभिभावक भूमिकामा हुनुहुन्छ। अहिले उहाँहरूबीच समान हैसियत हो भन्न मिल्दैन।”
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन अराजनीतिक भए पनि प्रधानमन्त्रीले त्यसको घनिभूत ढंगले जवाफ दिने थापाले बताए।
“प्रचण्डले सचिवालयमा पेश गर्नुभएको प्रतिवेदन पार्टी एकताविरुद्ध खेलेको भकुण्डो हो। उक्त प्रतिवेदनमा विवाद समाधानका उपाय केही छैन। केवल आरोप र गालीगलौज छ। प्रचण्डले त्यसको जवाफ पाउनुहुन्छ,” उनले भने।
पार्टी एकतालाई खल्बलाउने काम पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबाट भइरहेको आरोप थापाको छ। उनले भने, “पार्टीको विधानविपरीत पार्टीको तल्लो तहसम्म ‘पार्टी फुट्न सक्छ, तयारी अवस्थामा रहन’ भन्ने निर्देशन के आधारमा दिइँदै छ, यसको जवाफ पनि प्रचण्डले दिनुपर्छ।”
पार्टीभित्र छलफल नगर्ने तर गुटको छलफलमा रमाउने प्रचण्डको तुलना कुनै पनि हालतमा प्रधानमन्त्री ओलीसँग हुन नसक्ने थापाले बताए।
“प्रधानमन्त्री ओली १४ वर्ष जेलमा हुँदा प्रचण्ड आरुघाटमा पढाउँदै हुनुहुन्थ्यो। अहिले नेकपाले प्राप्त गरेको मतको मुख्य आधार पनि प्रधानमन्त्री नै हो,” थापाले भने, “जनताको आशीर्वादले बनेको सरकार कुनै नेताको इच्छाले फेरबदल हुँदैन।”
गत भदौ २६ गते नेकपा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन भए पार्टी एकताबद्ध भएर अघि बढ्ने उनले बताए।
" /> काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राजनीतिक तुलना हुन नसक्ने बताएका छन्।आज देखापढीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने, “पार्टी एकीकरणअघिदेखि नै ओली अभिभावक भूमिकामा हुनुहुन्छ। अहिले उहाँहरूबीच समान हैसियत हो भन्न मिल्दैन।”

">