काठमाडौं। सरकारले सन्थाल जातिको संरक्षणका लागि झापाको उर्लाबारीमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ।
उर्लाबारी नगरपालिका-८ स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको लागि बनाइने प्रस्तावित एकीकृत बस्तीको अवलोकन पछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले त्यही क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने बताए।
बस्तीमा रहेका करिव ७० घर परिवारको अवस्था अत्यन्तै दयनीय देखेपछि आफूसँगै अवलोकनमा गएका सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीलाई मन्त्री श्रेष्ठले तत्काल एकीकृत बस्ती विकासका लागि कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकीकृत बस्ती निर्माण गरी उनीहूको जीविकोपार्जनको विकल्प तयार गर्र्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव डा सिंह र शहरी विकास तथा भवन विभागका उच्च अधिकारीसहितको टोली सन्थाल बस्ती पुगेको थियो।
“तपाईंहरूको समस्याको समाधान हुन्छ। राष्ट्रपति र प्रधानमन्त्रीले समेत तपाईहरूको अवस्थाबारे चासो देखाउनुभएको छ। यस्तो अवस्थाबाट उहाँहरू दुःखी हुनुहुन्छ,” सन्थाल समुदायलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, “उहाँहरूले मन्त्रालयलाई एकीकृत बस्ती विकास गरी व्यवस्थित बसोबास गराउन आग्रह गर्नुभएको छ। अब यो बस्तीले मुहार फेर्नेछ।”
मन्त्रीसहितको टोलीलाई सन्थालवासीले आफ्ना समस्या सुनाएका थिए। लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने मन्त्री श्रेष्ठले उनीहरूलाई आस्वासन दिए।
“तत्काल एकीकृत बस्ती विकासका गर्न कार्यदल बनाउन यहीँबाट निर्देशन दिएको छु। कार्यदलले प्रतिवेदनको आधारमा काम अघि बढाउने छ,” मन्त्री श्रेष्ठले सन्थालबासीलाई आश्वस्त पारे।
केहीवर्ष अघि आएको बाढीले बस्ती बगाएपछि घरबारविहिन भएका सन्थाल समुदाय बाढी घटेपछि त्यही ठाउँमा पुनः बस्ती बनाएर बसेका छन्। उनीहरुले मन्त्री श्रेष्ठसँग आफूहरु बसेकै ठाउँमा व्यवस्थित बस्ती बनाइदिन आग्रह गरेका थिए।
मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिहले तत्काल कार्यदल बनाएर एक्सनमा जाने बताए। सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्ताबित एकीकृत बस्तीलाई मन्त्रालयले पनि पहिलो प्राथमिकतामा राखेर व्यवस्थित गर्ने प्रतिबद्धता जनाए।
झापा, मोरङ र सुनसरीमा यो जाति बसोबास गरेका छन्। २०६२ सालको राष्ट्रिय जनगणनाअनुसार माछा मार्ने तथा अन्य सामान्य मजदुरी गरेर गुजारा चलाइरहेका यस्ता सन्थाल समुदायको देशभर जनसंख्या ५४ हजार छ। त्यसमध्ये झापाका सन्थालको अवस्था सबैभन्दा दयनीय छ।
मन्त्रालयका सचिव सिहले एकीकृत बस्ती विकासको लागि तत्काल टोली पठाएर अध्ययन सुरू गरिने बताए।
" /> काठमाडौं। सरकारले सन्थाल जातिको संरक्षणका लागि झापाको उर्लाबारीमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ।उर्लाबारी नगरपालिका-८ स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको लागि बनाइने प्रस्तावित एकीकृत बस्तीको अवलोकन पछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले त्यही क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने बताए।

">