विराटनगर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौँठेजोरी नखेल्न विरोधीलाई सुझाव दिएका छन्।
मन्त्री श्रेष्ठले 'ओली मरोस्' भन्ने जमात पार्टीभित्रै समेत बढ्दै गएको भन्दै बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने धारणा बताए।
सुनसरीको इनरुवा नगरपालिकामा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा संघीयताविरोधी तत्व सलबलाउन थालेको टिप्पणी गरे। राष्ट्रहितका लागि ओलीबाहेकको विकल्प नरहेको उनको भनाइ थियो। प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने मन्त्री श्रेष्ठको दाबी छ।
“संघीयतालाई कमजोर बनाउनेहरू अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन्,” उनले भने, “यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ ।”
श्रेष्ठले प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई सुझाएका छन्। “केपी शर्मा ओलीलाई सामान्य रूपमा नलिन म आग्रह गर्दछु,” श्रेष्ठले भने, “उहाँले देश र जनताका समस्या बुझ्नु भएको छ । जनताको मत पाएर प्रधानमन्त्री भएको व्यक्तिलाई राजीनामा दे भन्नेहरु जनविरोधी हुन्।”
मन्त्री श्रेष्ठले प्रचण्डको आरोप पत्रको जवाफ ओलीले छिट्टै दिने बताएका छन्।
" /> विराटनगर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौँठेजोरी नखेल्न विरोधीलाई सुझाव दिएका छन्।मन्त्री श्रेष्ठले 'ओली मरोस्' भन्ने जमात पार्टीभित्रै समेत बढ्दै गएको भन्दै बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने धारणा बताए।

">