काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल-भारत सम्बन्ध मजबुत बनाउन प्रमुख ‘चार पिल्लर’ले काम गरिरहेका बताएका छन्।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल-भारत सम्बन्धलाई ‘विकास सहयोग, कनेक्टिभिटी, वृहत् पूर्वाधार विकास र आर्थिक परियोजना’ चार पिल्लरले मजबुत बनाउने बताए।
“भारत-नेपाल सम्बन्धका चार पिल्लर छन्- विकास सहयोग, मजबुत कनेक्टीभिटी, वृहत् पूर्वाधार विकास र आर्थिक परियोजना,” भारतीय विदेश सचिव श्रींगलाले भने।
यी चार पिल्लरहरूले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाइरहेको उनले बताए। उनले भारत नेपालको महत्त्वपूर्ण विकास साझेदार भएको समेत जनाए। नेपाल र भारतले एकअर्काबाट धेरै सिक्नुपर्ने तर्क उनको थियो।
“भारतले पहाडी जिल्लामा सहयोग गरिरहेको छ। आर्थिक परियोजनाहरुले मानिसको आवश्यकता पूरा गरिरहेको छ। ७७ सबै जिल्लामा यस्ता परियोजना लागू भएका छन्। सयौं पूरा भइसकेका छन्,” उनले भने।
शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, संस्कृति, कृषि, युवा तालिम, क्षमता विकासलगायतका क्षेत्रमा भारतीय सहयोग प्रभावकारी देखिएको दाबी उनले गरे।
नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन क्रस बोर्डर कनेक्टिभिटी (अन्तरदेशीय कनेक्टिभिटी) पनि उत्तिकै महत्त्वपूर्ण रहेको धारणा उनको थियो। उनले थपे, “कनेक्टिभिटी आयोजना धेरै स्वरूपमा आएका छन्। भौतिक अन्तर्गत हाइवे, रेलवे, एअर लिंक, इनल्याण्ड वाटरवे। ऊर्जाअन्तर्गत विद्युत प्रसारण लाइन, पेट्रोल पाइपलाइन।”
डिजिटल कनेक्टिभिटीअन्तर्गत फाइबर अप्टिक्स रहेको उनले बताए। भविष्यमा फाइबर अप्टिक्स कनेक्टिभिटी सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए।
ठूला पूर्वाधार विकासले पनि नेपाल-भारत सम्बन्धलाई मजबुत बनाएको उनले जनाए। सीमा क्षेत्रमा पूर्वाधार (एकीकृत चेक पोष्ट) निर्माण भएका पूर्वाधारले दुवै देशलाई सहज बनाएको उनले बताए।
ठूला पूर्वाधार विकासअन्तर्गत अरुण तेस्रो परियोजना, बिभिन्न स्थानमा रेल मार्ग, एकीकृत चेक पोष्टहरू बनिरहेको उनले जनाए। नेपाल र भारतका युवाको लागि शिक्षाले पुलको काम गरिरहेको उनले बताए।
भारतले संकटका बेला जहिले पनि नेपाललाई सहयोग गरेको दाबी उनले गरे। २०७२ सलामा विनाशकारी भूकम्प जाँदा भारतले सहयोग गरेको उनले स्मरण गरे। भूकम्पपछिको नेपालको पुनर्निर्माणमा भारतले नेपाललाई एक अर्ब अमेरिकी डलर छुट्टयाएको समेत उनले जनाए। भारतीय सहयोगमा गोरखा र नुवाकोटमा ४६ हजार घरहरु पुननिर्माण भइसकेको उनले जानकारी दिए।
" /> काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल-भारत सम्बन्ध मजबुत बनाउन प्रमुख ‘चार पिल्लर’ले काम गरिरहेका बताएका छन्।एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल-भारत सम्बन्धलाई ‘विकास सहयोग, कनेक्टिभिटी, वृहत् पूर्वाधार विकास र आर्थिक परियोजना’ चार पिल्लरले मजबुत बनाउने बताए।

">