काठमाडौं। संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आजबाट सुरू भएको छ।
संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा कार्यक्रम सुरू भएको हो।
कार्यक्रमको उद्घाटन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरे।
कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए।
प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ।
सभामुख सापकोटाले संसदका समितिहरू बढी सक्रिय हुनुपर्नेमा जोड दिए। संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिकरूपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्त्वपूर्ण काम भएको चर्चा गरेका छन्।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए।
उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी दिए।
संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरू समस्यामा परेको उनको भनाइ छ।
हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश तथा स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिए।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताएकी छन्।
उनले संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति खुसी व्यक्त गरिन्। संसदले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्ने बताउँदै व्यवहार परिवर्तनको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन्।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश २ का उपसभामुख भर्चुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित छन्।
आज दिनभरको अन्तरक्रिया पछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन हुनेछ।
" /> काठमाडौं। संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आजबाट सुरू भएको छ।संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा कार्यक्रम सुरू भएको हो।

">