काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अन्तर्वार्ताहरुकाे सङ्ग्रह प्रकाशित भएकाे छ।
प्रज्ञा स्मृति प्रतिष्ठान नेपालले दाहालले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक आज सार्वजनिक गरेको हाे। सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने प्रकाशक संस्थाकाे भनाइ छ।
"महान् जनयुद्धका सर्वोच्च कमान्डर, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आर्किटेक्चर हुनुको नाताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर अध्यक्ष कमरेड प्रचण्डमा पर्नु स्वाभाविक हो। आफूलाई लागेका कुरा खुलस्त ढङ्गले राख्ने राजनीतिज्ञका रूपमा पनि अध्यक्ष कमरेड प्रचण्ड परिचित हुनुहुन्छ। मिडियाकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्नुहुन्छ," प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अन्तर्वार्ताहरुकाे सङ्ग्रह प्रकाशित भएकाे छ।प्रज्ञा स्मृति प्रतिष्ठान नेपालले दाहालले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक आज सार्वजनिक गरेको हाे। सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने प्रकाशक संस्थाकाे भनाइ छ।

">