आज उपनिर्वाचन, ७ बजेदेखि मतदान हुँदै
काठमाडौं। उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान हुँदैछ।

विविध कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी ५२ पदमा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थलमा मतदानका लागि ५३७ केन्द्र राखिएका छन्।

सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ।

निर्वाचन कानूनले अनुमति दिएका उम्मेद्वार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य नुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न आयोगको सुझाव छ।

उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म मतदाताहरु मतदानस्थल पुगेर आफ्नो मत दिन सक्नेगरी व्यवस्था मिलाइएको छ।

प्रतिनिधि सभाअन्तर्गत कास्की-२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर- १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुँदैछ।

स्थानीयतर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि पनि आजको उपनिर्वाचनमा मतदान हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्