काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङलाई दुई देशबीच उच्चस्तरीय भ्रमणका बेला भएका सन्धिसम्झौतालाई कार्यान्वयन गरेमात्र सम्बन्धले थप उचाइ लिने बताएका छन्।
विगतमा भएका सन्धिसम्झौताहरू पूर्णरूपमा कार्यान्वयनमा आएमात्र सम्बन्धलाई अझ फराकिलो बनाएर लैजान सकिनेसमेत उनले जनाए।
“पछिल्ला भ्रमणहरूमा जुन उच्चस्तरका सन्धिसन्झौताहरू भएका छन्, तिनको पूर्ण कार्यान्वयनको बाटोमा अगाडि बढ्दा नेपाल-चीन सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने छ,” बालुवाटरमा आज प्रधानमन्त्री ओली र वेइबीच भएको भेटवार्तामा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको भनाइ उद्वृत गदै भने, “यस्तो भएमा सम्बन्धलाई अझ फराकिलो बनाएर लैजान सकिन्छ।”
भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष गरेको नेपाल भ्रमण र आफूले प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गर्दा दुई देशबीच भएका सन्धिसम्झौताको स्मरण गराएका थिए।
नेपाल-चीनबीच असाध्यै राम्रो सम्बन्ध रहिआएको जनाउँदै भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच कुनै समस्या नरहेको बताएका थिए। उनले नेपाल सधैँभरी एक चीनको पक्षमा रहेको र नेपालको भूभाग चीनको विरूद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।
“कोभिड नियन्त्रणमा चीनले पाएको सफलताको हामी प्रशंसा गर्दछौं। चीनको विकासबाट हामीले धेरै कुरा सिक्न सक्छौं। नेपाल विकासको बाटोमा लम्किरहँदा चीनको सहयोगको अपेक्षा गरेका छौं,” प्रधानमन्त्री ओलीले चिनियाँ रक्षामन्त्रीसँग भनेका थिए।
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेर आर्थिक विकास बाटोमा जान खोजेकोमा उनले खुसी व्यक्त गरेका थिए। नेपालको विकासमा चीनले सक्दो सहयोग उपलब्ध गराउँदै आएको उनले बताए। चीनको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता पनि उनले जनाए।
जवाफमा चिनियाँ रक्षामन्त्री वेईले विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।
“उच्चस्तरीय भ्रमणहरूमा जे सहमति बनेको छ, त्यसको पूर्ण कार्यान्वयनको लागि हामी प्रतिबद्ध छौं,” चिनियाँ रक्षामन्त्री वेईको भनाइ उद्वृत गर्दै भट्टराईले भने।
भेटमा चिनियाँ विदेशमन्त्रीले नेपाल र चीनबीचमा कुनै पनि समस्या नरहेको जनाए। उनले भने, “नेपालले सधैँभरि एक चीन नीतिको पक्ष लिएको छ। चीनविरूद्ध गतिविधि हुन नदिने तपाईंले गर्नुभएको प्रतिबद्धताको हामी प्रशंसा गर्दछौं।”

“कोभिड नियन्त्रणमा हामीले जुन सफलता प्राप्त गरेका छौं, तपाईंहरूलाई पनि छिटोभन्दा छिटो सफलता प्राप्त होस् शुभकामना व्यक्त गर्न चाहन्छु,” चिनियाँ रक्षामन्त्री वेइले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङलाई दुई देशबीच उच्चस्तरीय भ्रमणका बेला भएका सन्धिसम्झौतालाई कार्यान्वयन गरेमात्र सम्बन्धले थप उचाइ लिने बताएका छन्।“पछिल्ला भ्रमणहरूमा जुन उच्चस्तरका सन्धिसन्झौताहरू भएका छन्, तिनको पूर्ण कार्यान्वयनको बाटोमा अगाडि बढ्दा नेपाल-चीन सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने छ,” बालुवाटरमा आज प्रधानमन्त्री ओली र वेइबीच भएको भेटवार्तामा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको भनाइ उद्वृत गदै भने, “यस्तो भएमा सम्बन्धलाई अझ फराकिलो बनाएर लैजान सकिन्छ।”

">