विज्ञापन बोर्ड गठन : सरकारले नियुक्त गर्‍याे पाँच सदस्य <p>काठमाडाैं। नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलोपटक विज्ञापन बोर्ड गठन गरेको छ।</p> <p>सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले &lsquo;राजधानी दैनिक&rsquo; प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्&zwj;कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो। बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ।</p> <p>मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए।&nbsp;</p> <p>बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्