काठमाडौं। महन्थ ठाकुर र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (नेपाल)ले आफ्ना सांसदहरूलाई केन्द्रीय कमिटी सदस्य नबनाएपछि भाँडभैलो सुरू भएको छ।
गत कात्तिक २-३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ८०१ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरे पनि ६ जना सांसदलाई नबनाएपछि भाँडभैलो भएको हो।
जसपा नेपालभित्र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी (नेपाल)का पाँचजना सांसदलाई केन्द्रीय कमिटीमा नलगिएपछि असन्तुष्टि बढेको हो। ‘‘जसपा नेपालले मुलुककै सबैभन्दा ठुलो केन्द्रीय कमिटी गठन गर्यो, तर त्यसरी गर्दा पनि म सहित पाँच जनालाई केन्द्रीय कमिटी सदस्य नबनाएर अपमान गरेको छ,’’ असन्तुष्ट एक सांसदले भने, ‘‘उपेन्द्रजीको यो घोर स्वेच्छाचारीले पार्टीमा थप विग्रह उत्पन्न गराएको छ।’’
उनका अनुसार तत्कालीन समाजवादी पार्टीका विमल श्रीवास्तव, डा. सूर्यनारायण यादव, रेणुका गुरुङ, रोहिनाज र कलुदेवी विश्वकर्मालाई केन्द्रीय कमिटीमा लगिएको छैन।
केन्द्रीय कमिटीमा नलिएकामध्ये पर्साका सांसद श्रीवास्तवले अध्यक्ष उपेन्द्र यादवविरूद्ध ‘भण्डाफोर अभियान’ चलाउँदै विभाजनको गतिविधिमा लागेको एक नेताले जानकारी दिए।
‘‘डा. सूर्यनारायणजीले स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिने जनाएकाले उहाँको इच्छाअनुसार केन्द्रीय कमिटीमा नलिगएको हो,’’ जसपाका एक नेताले भने, ‘‘श्रीवास्तवजीलाई के कुरा चित्त बुझेन थाहा हुन सकेको छैन, त्यस कारण उहाँ पार्टी विभाजन गर्नुपर्छ भन्दै लागिरहनुभएको छ।’’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा राजनीतिक दल विभाजनसबन्धी खुकुलो व्यवस्था गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि अप्रत्यासित रूपमा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच गत वैशाख १० गते एकीकरण गर्ने घोषणा भएको थियो।
उनका अनुसार जसपा नेपाल विभाजनका लागि केही प्रयत्न र छलफल सुरू गरेको जसपा केन्द्रीय कार्यालयमा रिपोर्ट आएको र त्यसका बारेमा अनुसन्धान भइरहेको छ।
२८ साउन २०७६ मा पनि सप्तरी-१ बाट प्रत्यक्ष निर्वाचित यादवले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिएका थिए।
मुख्यतः पाँच जना सांसदलाई केन्द्रीय कमिटीमा नलिएपछि उपेन्द्र खेमाभित्र विवाद उत्पन्न भएको जसपा नेपालका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। उता राजपा नेपालले दुलारी देवीबाहेक सबै १६ जना सांसदलाई केन्द्रीय कमिटीमा स्थान दिएको छ।

सो घोषणाअनुसार जेठ २५ गते पार्टी एकीकरणको जानकारी दिन निर्वाचन आयोगमा पुगेका बेला ‘मर्यादाक्रम’मा विवाद परेपछि डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्षबाट झरेर चौथो मर्यादाक्रमको वरिष्ठ नेतामा सीमित भएका थिए।
गत कात्तिक ३-४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाए पनि अध्यक्ष ठाकुरले आफूभन्दा माथिको मर्यादाक्रममा नराख्ने भनेपछि अझै पनि मर्यादाक्रम टुंगिन सकेको छैन।
" /> काठमाडौं। महन्थ ठाकुर र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (नेपाल)ले आफ्ना सांसदहरूलाई केन्द्रीय कमिटी सदस्य नबनाएपछि भाँडभैलो सुरू भएको छ।गत कात्तिक २-३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ८०१ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरे पनि ६ जना सांसदलाई नबनाएपछि भाँडभैलो भएको हो।

">