काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भाेलि पुन: बस्नेगरी सम्पन्न भएको छ। बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले पनि सामान्य टिप्पणी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
"पार्टीको संकट समाधानका सन्दर्भमा अध्यक्षद्वयले गरेका प्रस्तुत गर्नुभएका दुई प्रस्तावहरूमाथि छलफल सुरु भएको छ," उनले भने, "छलफल सकिएको छैन। बैठकमा ओपचारिक रूपमा छलफल अगाडि बढाउने कार्यका साथै अनौपचारिक छलफल अन्तर्क्रियाको क्रम पनि अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने बैठकले ठानेको छ। त्यसअन्तर्गत नेताहरूको बीचमा अनौपचारिक छलफल, अन्तर्क्रिया र सम्वादका प्रक्रियाहरू पनि अगाडि बढाइने छ।"
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेकाे ‘राजनीतिक प्रस्ताव’ र प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १३ गते फर्काएको ‘प्रत्युत्तर पत्र’ का बारेमा छलफल जारी रहेको उनले बताए।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भाेलि पुन: बस्नेगरी सम्पन्न भएको छ। बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

">