काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबिना जबर्जस्ती बैठक बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग नलिने जनाएका छन्।
मङ्सिर १३ गते पनि प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा सहमतिबिना बैठक राखेपछि आज त्यता नगएका नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज पनि उसै गरी बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा उपस्थित नहुने जनाएका छन्।
‘‘अस्ति पनि जबर्जस्ती धुम्बाराहीमा बैठक एकलौटी रूपमा बोलाउनुभयो, आज पनि तपाईंले भोलिका लागि जबर्जस्ती बैठक बोलाउनुभएको छ,’’ ओलीले बैठकमा भने, ‘‘सहमतिबिना जबर्जस्ती बोलाउने बैठकमा म आउने छैन, त्यसमाथि भोलि मेरो पूर्वनिर्धारित कार्यक्रम यसअघि नै तय भइसकेको छ।’’ सचिवालय स्रोतका अनुसार भोलि सचिवालय बैठक बोलाउने सम्बन्धमा प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मत बाझिएको थियो।
प्रचण्डले दिउँसो ३ बजे बैठक बोलाउने भनेका थिए भने श्रेष्ठले १ बजे भनेर एकछिन विवाद भएको थियो। ‘‘तपाईंहरू समयका बारेमा विवाद नगर्नुहोस्, जबर्जस्ती बोलाउने कुनै पनि बैठकमा म आउने छैन, मेरो आफ्नै पूर्वनिर्धारित कार्यक्रम छ,’’ अेलीले भने।
प्रधानमन्त्री ओलीले उपस्थित हुन नसक्ने बैठकमा जानकारी गराए पनि प्रवक्ता श्रेष्ठले बैठकअघि औपचारिक र अनौपचारिक दुवै छलफल हुने भन्दै भोलि १ बजे बालुवाटारमा बैठक डाकिएको जानकारी दिएका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबिना जबर्जस्ती बैठक बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग नलिने जनाएका छन्।मङ्सिर १३ गते पनि प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा सहमतिबिना बैठक राखेपछि आज त्यता नगएका नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज पनि उसै गरी बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा उपस्थित नहुने जनाएका छन्।

">