काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुवै प्रस्तावबारे निर्क्याेल हुन नसक्दा सचिवालय बैठकमा वादविवाद सिर्जना भएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तरपत्र’लाई कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्नेमा विवाद देखा परेपछि सचिवालय बैठक अनिर्णित बन्न पुगेको हो।
स्थायी कमिटी बैठक आह्वान गरिएको मितिभन्दा दुई दिनअघि बसेको सचिवालय बैठक विवादकाबीच सम्पन्न भएपछि भोलि अपरान्ह १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘‘यसबीचमा अनौपचारिक छलफल पनि हुनेछन्, औपचारिक बैठक भोलि पुनः १ बजे बस्ने छ,’’ उनले भने। श्रेष्ठका अनुसार मङ्सिर १८ का लागि तय गरिएको स्थायी कमिटी बैठक हालसम्म स्थगित गरिएको छैन।
महासचिव बिष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा केक काटेर सुरू भएको सचिवालय बैठकको सुरूमा नै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग ‘आजको बैठकको अजेन्डा के हो?’ भनेर सोधेका थिए। बिनाअजेन्डा बैठक सुरू गर्दा समस्या आएको भन्दै प्रधानमन्त्री ओलीले अजेन्डा तय गरेर मात्रै बैठक बस्नुपर्ने धारणा सुरूमा नै राखेका थिए।
‘‘प्रधानमन्त्री ओलीले गत कात्तिक २८ गते प्रचण्डले पेस गरेको ‘अभियोगपत्र’ (राजनीतिक प्रस्ताव) र ओलीले दिएको ‘प्रत्युत्तरपत्र’का बारेमा कमिटीगत छलफल गर्नुभन्दा सोको मूल्यांकन गर्ने जिम्मेवारी जनतालाई छाडिदिनुपर्ने अडान राखेका थिए। प्रचण्डले भने दुवै पत्रका बारेमा कमिटीगत छलफल गर्ने मात्रै जनाएनन्, ओलीले मङ्सिर २३ गते पेस गरेको प्रत्युत्तरको पुनः जवाफ दिने जनाएपछि सचिावलय बैठक सौहार्द्रपूर्ण हुन सकेको थिएन,’’ बालुवाटार स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले दुवै नेताको मूल्यांकन गर्ने जिम्मा जनतालाई दिनुपर्ने तथा प्रचण्डको कमिटीगत छलफल गर्ने विषयमा विवाद बढेपछि आजको सचिवालय बैठक तिक्ततापूर्ण भएको एक सचिवालय सदस्यले बताए। ‘‘प्रचण्डजीले पेस गरेको प्रस्ताव लाञ्छनायुक्त छ, त्यो कुनै कमिटीमा छलफल गर्न योग्य छैन, न त यो विधानसम्मत आएको छ, न कुनै कमिटीमा छलफल भएपछि पेस भएको हो। त्यसैले त्यो फिर्ता गर्नुपर्छ र फिर्ता गरेर मात्रै हुन्न, गम्भीर प्रकृतिका आरोप लगाइएकाले प्रचण्डजीले क्षमायाचना गर्नुपर्छ,’’ ओलीले प्रस्ताव गर्दै सो आग्रह गरेका थिए।
तर, प्रचण्डले दुवै प्रस्ताव पार्टीले स्वीकार गरिसकेकाले कमिटीगत छलफल हुनुपर्ने धारणा राखेका थिए। ‘‘दुवै प्रस्ताव नै छलफलको अजेन्डा हो, यसबाट अब भाग्न मिल्दैन र मङ्सिर १३ गते दिएको जवाफको फेरि म जवाफ लेख्नेछु,’’ प्रचण्डले भने। कार्यकारी अध्यक्ष प्रचण्डले झन्डै एक घन्टा बोलेपछि ओलीले विधिसम्मत नआएको, पार्टी एकताको भावना मारेको तथा लाखौं कार्यकर्तालाई निराश बनाउने गरी आफ्ू छलफल गर्न तयार नभएको भन्दै महाधिवेशन केन्द्रित अजेन्डामा छलफल गर्न आग्रह गरेका थिए।
‘‘यो लाञ्छनायुक्त आरोपमा छलफल जरूरी छैन। बरू तपाईंले पार्टीको नाम र लोगो दुरूपयोग गरेकाले अनुशासनको कारबाही भोग्नुपर्ने हुन्छ। त्यसका लागि तयार हुनुहोस्,’’ ओलीले भने, ‘‘न विधिसम्मत प्रस्ताव ल्याएको छ, पार्टीलाई जानकारीबिना नै प्रकाशन गरिएको छ, यो मनलाग्दी र अनुशासनहीन कार्य गरेकाले तपाईंलाई कारबाही किन नगर्ने?’’ ओलीले अनुशासनको कारबाही भोग्न तयार हुनुपर्ने भनेपछि बैठक सौहार्द्रपूर्ण भने हुन सकेन।
ओलीको प्रस्ताव प्रचण्डले गरेझैँ वरिष्ठ नेता माधवकुमार नेपालले पनि दुवै प्रस्ताव पार्टीको अंग बनेकाले छलफल गर्नुपर्ने धारणा राखेका थिए। कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विवाद चर्किएपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ।
वरिष्ठ नेता नेपालले कमिटीमा प्रस्तुत भइसकेकाले सो विषयमा कमिटीगत छलफल गर्नुपर्ने धारणा राखेपछि बैठकमा भनाभनसमेत भएको सचिवालय स्रोतले जानकारी दिएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुवै प्रस्तावबारे निर्क्याेल हुन नसक्दा सचिवालय बैठकमा वादविवाद सिर्जना भएको छ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तरपत्र’लाई कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्नेमा विवाद देखा परेपछि सचिवालय बैठक अनिर्णित बन्न पुगेको हो।

">