काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज १ बजे बस्ने भनिएको सचिवालय बैठक पूर्वनिर्धारित समयमा नबस्ने भएको छ।
मंसिर १३ गतेपछि हिजो बसेको सचिवालय बैठकमा दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल गर्ने कि नगर्नेबारे विवाद भएको थियो।
"बैठको बारेमा प्रधानमन्त्रीको असहमति छ, तर आजै १ बजे बस्ने पूर्वनिर्धारित कार्यक्रम हो," नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "महासचिव (विष्णु पौडेल) ज्यूको १ बजे कार्यक्रम भएकाले १ बजे नै नबस्ने भएको हो। तर आज नै बैठक बस्छ। "
प्रधानमन्त्री ओलीले आफ्नो सहमति बिना र कार्यक्रम जुधाएर बैठक बोलाएको भन्दै आजको बैठकमा अनुपस्थित हुने हिजै जानकारी गराएपछि बैठक अन्यौलमा परेको थियो।
यसैबीचमा महासचिवको कार्यक्रम पनि १ बजे नै परेकाले बैठक अलि ढिलो गरी बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज १ बजे बस्ने भनिएको सचिवालय बैठक पूर्वनिर्धारित समयमा नबस्ने भएको छ।मंसिर १३ गतेपछि हिजो बसेको सचिवालय बैठकमा दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल गर्ने कि नगर्नेबारे विवाद भएको थियो।

">