काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज तनहुँको व्यास नगरपालिकामा प्रहरीले पक्राउ गरेको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई अत्यन्तै आपत्तिजनक बताएका छन्।
“तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नं. १ र ११ जोड्ने बुल्दीखोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांंग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,” विज्ञप्तिमा देउवाले भनेका छन्।
देउवाले घटनाको भर्त्सना गर्दै पौडेललाई तत्काल रिहा गर्नसमेत भनेका छन्।
“सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,” देउवाले भनेका छन्।
सरकारको यस्तो कदमको नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत उनले दिएका छन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज तनहुँको व्यास नगरपालिकामा प्रहरीले पक्राउ गरेको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई अत्यन्तै आपत्तिजनक बताएका छन्।

">