काठमाडौँ। नेपाली कांग्रेसका रामचन्द्र पाैडेललाई आज तनहुँको व्यास नगरपालिकामा पक्राउ गरिएको विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले यसलाई सुनियोजित तवरले घटाइएको बताउँदै अब आन्दोलनको विकल्प नरहेको जनाएका छन्।
“नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको पूर्व सभामुख मात्र नभएर नेपालको लोकतान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्छ,” फेसबुकमा एक पोस्टमार्फत् नेता जोशीले भनेका छन्, “उहाँजत्तिको व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रूपमा घटेको घटना होइन, सुनियोजित तवरले घटाइएको घटना हो।”
यसले सरकारको “सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको” र यसको “सरकारले ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी पनि उनले दिएका छन्। “नेपाली कांग्रेसस पार्टीको नेतासँगको राजनीतिक प्रतिशोध हो, शक्तिको उम्मत्तामा घटित घटना हो,” उनले लेखेका छन्।
यससँगै अब नेपाली कांग्रेसको बाटो आन्दोलन नै भएको र यसको विकल्प नरहेको उनले जनाएका छन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका रामचन्द्र पाैडेललाई आज तनहुँको व्यास नगरपालिकामा पक्राउ गरिएको विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले यसलाई सुनियोजित तवरले घटाइएको बताउँदै अब आन्दोलनको विकल्प नरहेको जनाएका छन्।“नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको पूर्व सभामुख मात्र नभएर नेपालको लोकतान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्छ,” फेसबुकमा एक पोस्टमार्फत् नेता जोशीले भनेका छन्, “उहाँजत्तिको व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रूपमा घटेको घटना होइन, सुनियोजित तवरले घटाइएको घटना हो।”

">