काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज तनहुँको व्यास नगरपालिकामा पुलको उद्घाटन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेपछि कांग्रेस नेताहरू आक्रोशित बनेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले घटनाको निन्दा गर्दै आपत्ति जनाएका छन्। उनले एक ढिक्का भएर कांग्रेस यस्ता घटनाको सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।
“सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,” देउवाले आज विज्ञप्ति जारी गर्दै भनेका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले पनि घटनालाई निन्दनीय बताएका छन्। उनले ट्वीटरमार्फत् भनेका छन्, “नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय छ। नेपाली कांग्रेसका आफ्ना नेताहरूमाथि हुने यस प्रकारको दुर्व्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु।”
कांग्रेका अर्का नेता डा. शशांक कोइरालाले घटनालाई घोर भर्त्सनायोग्य बताएका छन्। “लोकतान्त्रिक मूल्य मान्यतामै प्रश्न उठ्ने गरी भएको यस्तो कार्यको जति निन्दा गरे पनि कम हुन्छ,” कोइरालाले भनेका छन्।
कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनु तानाशाही प्रवृत्ति भएको उनले जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, “लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्नेछ।”
कांग्रेस नेता विमलेन्द्र निधिले पौडेल पक्राउ परेको घटनाको भर्त्सना गरेका छन्। “स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयताविरोधी र तानाशाही काम हो,” निधिले ट्वीटरमा लेखेका छन्।
कांग्रेसको युवा नेता गगन थापाले पौडेल पक्राउ परेको घटनालाई नियोजित बताएका छन्। उनले सरकारलाई यो घटना निकै महँगो पर्नेसमेत बताएका छन्।
“नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो। शक्ति उन्माद हो,”थापाले ट्वीटरमार्फत् भनेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले पनि यसलाई सुनियोजित तवरले घटाइएको बताउँदै अब आन्दोलनको विकल्प नरहेको जनाएका छन्।
“नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको पूर्व सभामुख मात्र नभएर नेपालको लोकतान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्छ,” फेसबुकमा एक पोस्टमार्फत् नेता जोशीले भनेका छन्, “उहाँजत्तिको व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रूपमा घटेको घटना होइन, सुनियोजित तवरले घटाइएको घटना हो।”
यसले सरकारको “सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको” र यसको “सरकारले ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी पनि उनले दिएका छन्। “नेपाली कांग्रेसस पार्टीको नेतासँगको राजनीतिक प्रतिशोध हो, शक्तिको उम्मत्तामा घटित घटना हो,” उनले लेखेका छन्।
यससँगै अब नेपाली कांग्रेसको बाटो आन्दोलन नै भएको र यसको विकल्प नरहेको उनले जनाएका छन्।
" />

">