काठमाडाैं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन्।
संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका हुन्।
विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धी समस्यालाई औपचारिक अजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिमा समेत उल्लेख गरिएको बताए।
यसबाट नेपाल र भारतबीच रहेका सीमा विवादलगायतका सबै विषयमा छलफल हुने बाटो खुला भएको पनि मन्त्री ज्ञवालीले बताए।
व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए।
यस्तै सीमासम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए।
दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि उनकाे भनाइ छ।
नेपाल-भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढिसकिएको पनि मन्त्री ज्ञवालीले बताए।
" /> काठमाडाैं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन्।संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका हुन्।

">