काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
आज १ बजे बोलाइएको सचिवालय बैठकअघि नै समस्याको समाधान खोज्ने प्रयास स्वरुप प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
‘सवा १२ बजे देखि प्रधानमन्त्री र प्रचण्डका बीचमा छलफल जारी छ,’ स्रोतले भन्यो, ‘सचिवालय बैठकमा जानुअघि नै सहमति गर्ने प्रयास स्वरुप उक्त छलफल भएको हो।’
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डका बीचमा २६ दिनपछि एकल रूपमा वार्ता भएको हो।
गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तर पत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।
‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला ओली-प्रचण्डबीच बालुवाटारमा एकल भेटघाट भएको हो। उक्त भेटघाटपछि सचिवालय बैठक बस्ने वा नबस्ने निर्णय हुने बुझिएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।आज १ बजे बोलाइएको सचिवालय बैठकअघि नै समस्याको समाधान खोज्ने प्रयास स्वरुप प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

">