ओली-प्रचण्ड भेट सकिएलगत्तै सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्।

सचिवालय बैठक अघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच एकल भेटघाट भएको थियो। सो भेटघाट सम्पन्न भए लगत्तै सचिवालय बैठक सुरु भएको हो।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओली माथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरे पछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तर पत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।

‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला ओली-प्रचण्ड बीच बालुवाटारमा एकल भेटघाट भएको हो।

२६ दिनपछिको संवादहीनता तोडदै ओली-प्रचण्डका बीचमा झन्डै एक घन्टा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्