काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका दुवै ‘प्रस्ताव’ छलफल हुने भएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सचिवालय बैठकले भोलि १ बजे बस्ने स्थायी कमिटी बैठकमा प्रस्ताव पेस गर्ने र त्यसमा छलफल गराउने निर्णय भएको हो।
"भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने छ," पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "पार्टीको संकट निवारणका बारेमा प्रस्तुत भएका प्रस्ताव र विषयहरु स्थायी कमिटीमा छलफल हुने छन्।"
गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए।
‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएको बेला सचिवालय बैठकले सो निर्णय गरेको हो।
" /> काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका दुवै ‘प्रस्ताव’ छलफल हुने भएको छ।प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सचिवालय बैठकले भोलि १ बजे बस्ने स्थायी कमिटी बैठकमा प्रस्ताव पेस गर्ने र त्यसमा छलफल गराउने निर्णय भएको हो।

">