काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको पराष्ट्र नीतिका सम्बन्धमा जाने बुझेकैहरूबाट पक्षपाती टिप्पणी हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता टिप्पणीहरू बन्द गर्नसमेत आग्रह गरे।
“नेपाल सानो छ, गरिब देश छ, भूपेरिवेष्ठित देश हो- कहाँ त्यस्तो आँट गर्न हुन्छ? भन्ने जस्ता नेपालको परराष्ट्र नीतिबारे पक्षपाती टिप्पणी भएको पाएको छु,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।
चिरपरिचित व्यक्तिहरूले नै ‘नेपाल कहाँ स्वतन्त्र छ र, सार्वभौमसत्ता खण्डित छ, सन्धिले बाँधेको छ’ भन्ने जस्ता पक्षपाती तर्क गर्ने गरेको उनले सुनाए।
“राष्ट्रिय मनोबल कमजोर बनाउने प्रवृत्ति छ, यसलाई परिवर्तन गर्न जरूरी छ,” उनले भने।
परराष्ट्रले ल्याएको एकीकृत ‘नेपालको परराष्ट्र नीति, २०७७’ ले अब यस्ता पक्षपाती टिप्पणी गर्नेहरूलाई जवाफ दिने उनले बताए।
परराष्ट्रले गत भदौ ९ गते ‘नेपालको परराष्ट्र नीति, २०७७’ मन्त्रिपरिषद्को बैठकमा पेस गरेको थियो। उक्त नीतिलाई मन्त्रिपरिषद्ले गत कात्तिक ४ गते पारित गरेको थियो।
“यो नेपालको परराष्ट्र मामिलाका सम्बन्धमा एकीकृत दस्तावेज हो, यसअघि यस्तो दस्तावेज बनाउने प्रयास भए पनि आउन सकेको थिएन,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।
परराष्ट्र नीतिको मुख्य उद्देश्य राष्ट्रिय हितको रक्षा गर्नु रहेको र यो छिटो-छिटो परिवर्तन नहुने उनले स्पष्ट पारे।
कूटनीतिक आचारसंहितालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको उनले बताए। आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि दबाब दिइरहेको उनले जनाए। “राजनीतिक दलका नेताहरूको भेटघाटलाई व्यवस्थित गर्न गाह्रो भइरहेको छ,” उनले भने।
“नेपालको परराष्ट्र नीतिमा स्थीर र गतिशील दुवै नीतिहरू रहेका छन्। सार्वभौमिकता, अखण्डता, पञ्चशीलका सिद्धान्त, असंलग्नतालगायत विषयहरू स्थीर हुन्छन्,” उनले भने, “दुई कुराले परराष्ट्र नीतिलाई परिवर्तन गराउँछ। पहिलो, भूराजनीतिक र विश्व राजनीतिमा आउने परिवर्तन र दोस्रो, सरकार र राज्यका प्राथमिकता परिवर्तन हुँदा।”
परराष्ट्र नीतिमा तीन कुरा जोड दिइएको उनले जनाए। यसअघि भएका अध्ययन र कार्यदलले बुझाएका प्रतिवेदन, २०७६ सालमा परराष्ट्रले गरेको राष्ट्रिय संवाद आयोजनमा आएका विचार तथा धारणा र सुझाव र विज्ञहरूसँगको अन्तर्वार्ताबाट आएको निचोडलाई समेटेर एकीकृत परराष्ट्र नीति तयार पारिएको उनले बताए।
परराष्ट्र मामिलामा थुप्रै चुनौतीहरू रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले थप स्पष्ट पारे, “विश्व अनिश्चित जस्तो भएको छ। विश्वमा एउटा ‘अर्डर’ थियो, त्यो खलबलिएको छ। हाम्रो लागि यो चुनौती हो।” सीमा विवादहरू टुङ्ग्याउन बाँकी रहेकोले यसलाई पनि चुनौतीको रूपमा लिइएको उनले जनाए।
“हामी अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दा ‘डिल बेस’ मा जान सक्दैनौँ, ‘रूल बेस’ मा जानु पर्दछ,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।
असंलग्न नीतिमा नेपालको प्रतिबद्धता यथावत् रहेको उनले जनाए। असंलग्न राष्ट्रहरूले अजेण्डामा शक्ति राष्ट्रहरूलाई दबाब दिनसक्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा परराष्ट्रसचिव भरतराज पौड्यालले परराष्ट्र नीति भए पनि यसअघि छरिएको अवस्थामा रहेको जनाए। उनले भने, “हामीकहाँ परराष्ट्र नीति थियो तर छरिएर रहेको थियो। अहिले एकीकृत रूपमा आएको छ।”
आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रको नीति तथा योजना महाशाखाका प्रमुख भरतकुमार रेग्मीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ का बारेमा प्रस्तुति दिएका थिए। पत्रकार सम्मेलनमा वार्षिक गतिविधि समेटिएको पुस्तक ‘नेपाल फरेन अफेयर्स, २०१९-२०’ को विमोचिनसमेत गरिएको थियो।
वार्षिक गतिविधिका बारेमा परराष्ट्रको युरोप-अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्लेले प्रस्तुति दिएका थिए।
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको पराष्ट्र नीतिका सम्बन्धमा जाने बुझेकैहरूबाट पक्षपाती टिप्पणी हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन्।“नेपाल सानो छ, गरिब देश छ, भूपेरिवेष्ठित देश हो- कहाँ त्यस्तो आँट गर्न हुन्छ? भन्ने जस्ता नेपालको परराष्ट्र नीतिबारे पक्षपाती टिप्पणी भएको पाएको छु,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।

">