काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले महाधिवेशनबाहिरबाट अध्यक्ष र आमनिर्वाचन बाहिरबाट प्रधानमन्त्री हुन खोज्दा नेकपामा समस्या देखापरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन्।
नेकपा पार्टी अध्यक्षसमेत रहेका ओलीले आफ्नो ‘असहमतिको बाबजुत’ प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले बोलाएको स्थायी कमिटी बैठकलाई सम्बोधन गरी लेखेको पत्रमा प्रक्रियाभन्दा बाहिरबाट नेतृत्वमा जाने नेताको मोहका कारण नेकपाभित्र गहिरो संकट उत्पन्न भएको निष्कर्षसमेत उल्लेख गरेका छन्।
‘‘यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको हो,’’ ओलीले स्थायी कमिटी सदस्यहरूलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।
‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो’ भन्ने उल्लेख गर्दै ओलीले ‘सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहीत हुन्छ’ भन्ने ठानेको पनि उल्लेख गरेका छन्। महाधिवेशनबाट पार्टी अध्यक्ष र निर्वाचनपछि प्रधानमन्त्री नहुने भन्दै सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन ‘केही कमरेड’हरू लागिपरेको ओलीले नाम उल्लेख नगरी बताएका छन्।
‘‘मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगमी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु,’’ ओलीले भनेका छन्, ‘‘तर, पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ।’’
‘‘पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिस्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकलाई नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिस्ट पार्टीको तस्वीरमात्रै मेरो मनमा अंकित थियो। हामीले एकीकरणको संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिको आधारमा गर्ने विशेष विधि तय गर्यौं र पार्टीका कतिपय वैचारिक, संगठनात्मक र नेतृत्वको विषयमा दुई वर्षमा सम्पन्न हुने एकताको महाधिवेशनबाट टुंग्याउने निर्णय गर्यौं।’’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘अभियोगपत्र’मा छलफल गर्ने भएपछि बैठकमा अनुपस्थित भएको जनाएका प्रधानमन्त्रीले सो ‘अभियोगपत्र’ निःसर्त फिर्ता लिनुपर्ने अडान पुनः कायम गरेका छन्।
‘‘पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिस्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकलाई नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिस्ट पार्टीको तस्वीरमात्रै मेरो मनमा अंकित थियो,’’ ओलीले एकीकरणको पृष्ठभूमि उल्लेख गर्दै भनेका छन्, ‘‘हामीले एकीकरणको संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिको आधारमा गर्ने विशेष विधि तय गर्यौं र पार्टीका कतिपय वैचारिक, संगठनात्मक र नेतृत्वको विषयमा दुई वर्षमा सम्पन्न हुने एकताको महाधिवेशनबाट टुंग्याउने निर्णय गर्यौं।’’ पत्रमार्फत एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा आफूले सोही विधिलाई अपनाउँदै संरचनाहरू निर्माण गरेको ओलीले स्मरण पनि गराएका छन्।
‘‘तर, मलाई थाहा थिएन- खेलको उत्तारार्द्धमा आएर केही कमरेडहरू ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ,’’ ओलीले पत्रमा लेखेका छन्, ‘‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलतमात्रै होइन, विभाजनकारीसमेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।’’ ओलीले संक्रमणकालीन अवस्थासम्म अल्पमत र बहुमतको विषय बनाउन नहुने भन्ने पूर्वमान्यता र अडान स्थायी कमिटीमा पनि पत्रमार्फत राखेका छन्।
‘‘आज पनि म दोहोर्याउन चाहन्छु- महाधिवेशनसम्म अन्तरिम हैसियतमा बनेका र महाधिवेशनपछि सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोेकेका कमिटीहरू त्यसै अनुरूप सहमतिका आधारमा चल्नु पर्दछ।’’ महाधिवेशनसम्म सहमतिको विकल्प नभएको ओलीले अल्पमत र बहुमतका विषय विभाजनकारी कदमको रूपमा व्याख्या गरेका छन्।
प्रचण्डको प्रस्तावमा छलफल नै गर्न नसकिने मात्रै होइन, महाधिवेशनबाट पार्टी नेतृत्व र आमनिर्वाचनबाट सरकारको नेतृत्व लिन छाडेको आरोप लगाएका ओलीले सहमतिको आधारमा निर्णय गर्नुपर्नेमा जोड दिँदै आफ्ना मुख्य तीन धारणा प्रस्तुत गरेका छन्।
सोहीअनुसार निर्णय गर्नुपर्ने भन्दै स्थायी कमिटी सदस्यलाई भदौ २६ को जस्तै विवेकपूर्ण निर्णय गर्न आग्रहसमेत गरेका छन्। ‘‘आन्दोलनकै सिकार हुनेगरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई अफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ,’’ ओलीले स्थायी कमिटी सदस्यसमक्ष लेखेको पत्रमा भनिएको छ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा पठाएकाे पत्रकाे पूर्ण पाठ:
स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानु पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।
तर उक्त अभियोग–पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु ।
कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय ग¥यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय ग¥यौँ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ । त्यसै अनुरुपका संरचाना निर्माण गरिए ।
तर मलाई थाहा थिएन– खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहो¥याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ ।
सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।
अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह÷ सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्र्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ ।
मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।
हार्दिक अभिवादनसहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मङ्सिर २१