काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काका लागि लेखेका ‘पत्र’हरू लाई स्थायी कमिटी बैठकले कार्यसूचीमा राखेन।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको ‘असहमतिको बाबजुत’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आजको बैठकले ‘पार्टीको आन्तरिक समस्याका बारे’ भन्ने एउटा मात्रै कार्यसूची तय गरेर मङ्सिर २८ गतेसम्मका लागि बैठक स्थगित गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली-प्रचण्डले लेखेका पत्रहरू अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई बाँडिएको जानकारी दिएका छन्। ‘‘दुवै प्रस्ताव अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई सात दिनको समय दिइएको छ,’’ प्रवक्ता श्रेष्ठले भने, ‘‘आजको बैठकले एक मात्र कार्यसूची ‘पार्टीका आन्तरिक समस्याबारे’ तोकेको छ।’’

उनका अनुसार सचिवालय बैठकले एक मात्र कार्यसूची तोकेकाले मङ्सिर २८ गते पुनः बस्ने बैठकमा त्यसै बारेमा छलफल हुने छ।

गत कात्तिक २८ गतेको सचिवालयमा प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रधानमन्त्री ओलीमाथि विभिन्न लाञ्छना लगाउँदै पेस गरेको ‘अभियोगपत्र’ र प्रधानमन्त्री ओलीले मङ्सिर १३ को सचिवालय बैठकमा दिएको ‘प्रत्युत्तरपत्र’लाई कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्नेमा विवाद उत्पन्न भएको थियो।

सिफारिस

प्रचण्डको ‘अभियोगपत्र’लाई प्रथम दृष्टिमा नै खारेज गरेका ओलीले आजको बैठकमा सो ‘अभियोगपत्र’मा छलफल हुने भएकाले नआएको जानकारी लिखितरूपमा दिएका थिए। ओलीले प्रचण्डको ‘अभियोगपत्र’ पार्टीको विधि, पद्धति र प्रक्रियाविपरीत आएको भन्दै निःसर्त फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन्। आफ्नो ‘प्रत्युत्तरपत्र’का बारेमा पनि छलफल गर्न नहुने भन्दै सोको मुल्यांकन गर्ने जिम्मा कार्यकर्ता र जनतालाई छाडिदिनुपर्ने ओलीले जनाउँदै आएका छन्। सायद, यही विवादका बीचमा ओली-प्रचण्डको प्रस्तावलाई बैठकले कार्यसूची नबनाएको हुनसक्ने देखिएको छ।

त्यसो त, सामान्यतया बैठकहरू कार्यसूची, प्रस्ताव र छलफलका अजेन्डा तय गरी बस्ने प्रचलन भए पनि नेकपाको छैटौं स्थायी कमिटी बैठक बिनाप्रस्ताव बसेको थियो। बैठकलाई ओलीले पठाएको पत्र र प्रचण्डले आफ्नो मन्तव्य राखेपछि मात्रै बैठकको कार्यसूची तय गरिएको थियो। नेकपाको छैटौं स्थायी कमिटीलाई प्रस्तावबिना नै बसेको बैठकको रूपमा इतिहासमा दर्ज हुने भएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काका लागि लेखेका ‘पत्र’हरू लाई स्थायी कमिटी बैठकले कार्यसूचीमा राखेन।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको ‘असहमतिको बाबजुत’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आजको बैठकले ‘पार्टीको आन्तरिक समस्याका बारे’ भन्ने एउटा मात्रै कार्यसूची तय गरेर मङ्सिर २८ गतेसम्मका लागि बैठक स्थगित गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली-प्रचण्डले लेखेका पत्रहरू अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई बाँडिएको जानकारी दिएका छन्। ‘‘दुवै प्रस्ताव अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई सात दिनको समय दिइएको छ,’’ प्रवक्ता श्रेष्ठले भने, ‘‘आजको बैठकले एक मात्र कार्यसूची ‘पार्टीका आन्तरिक समस्याबारे’ तोकेको छ।’’

उनका अनुसार सचिवालय बैठकले एक मात्र कार्यसूची तोकेकाले मङ्सिर २८ गते पुनः बस्ने बैठकमा त्यसै बारेमा छलफल हुने छ।

गत कात्तिक २८ गतेको सचिवालयमा प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रधानमन्त्री ओलीमाथि विभिन्न लाञ्छना लगाउँदै पेस गरेको ‘अभियोगपत्र’ र प्रधानमन्त्री ओलीले मङ्सिर १३ को सचिवालय बैठकमा दिएको ‘प्रत्युत्तरपत्र’लाई कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्नेमा विवाद उत्पन्न भएको थियो।

सिफारिस

प्रचण्डको ‘अभियोगपत्र’लाई प्रथम दृष्टिमा नै खारेज गरेका ओलीले आजको बैठकमा सो ‘अभियोगपत्र’मा छलफल हुने भएकाले नआएको जानकारी लिखितरूपमा दिएका थिए। ओलीले प्रचण्डको ‘अभियोगपत्र’ पार्टीको विधि, पद्धति र प्रक्रियाविपरीत आएको भन्दै निःसर्त फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन्। आफ्नो ‘प्रत्युत्तरपत्र’का बारेमा पनि छलफल गर्न नहुने भन्दै सोको मुल्यांकन गर्ने जिम्मा कार्यकर्ता र जनतालाई छाडिदिनुपर्ने ओलीले जनाउँदै आएका छन्। सायद, यही विवादका बीचमा ओली-प्रचण्डको प्रस्तावलाई बैठकले कार्यसूची नबनाएको हुनसक्ने देखिएको छ।

त्यसो त, सामान्यतया बैठकहरू कार्यसूची, प्रस्ताव र छलफलका अजेन्डा तय गरी बस्ने प्रचलन भए पनि नेकपाको छैटौं स्थायी कमिटी बैठक बिनाप्रस्ताव बसेको थियो। बैठकलाई ओलीले पठाएको पत्र र प्रचण्डले आफ्नो मन्तव्य राखेपछि मात्रै बैठकको कार्यसूची तय गरिएको थियो। नेकपाको छैटौं स्थायी कमिटीलाई प्रस्तावबिना नै बसेको बैठकको रूपमा इतिहासमा दर्ज हुने भएको छ।

"> ओली-प्रचण्डले एक अर्कालाई लेखेको पत्र कार्यसूचीमा अटेनन्, अध्ययन गर्न छाडियो: Dekhapadhi
ओली-प्रचण्डले एक अर्कालाई लेखेको पत्र कार्यसूचीमा अटेनन्, अध्ययन गर्न छाडियो
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काका लागि लेखेका ‘पत्र’हरू लाई स्थायी कमिटी बैठकले कार्यसूचीमा राखेन।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको ‘असहमतिको बाबजुत’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आजको बैठकले ‘पार्टीको आन्तरिक समस्याका बारे’ भन्ने एउटा मात्रै कार्यसूची तय गरेर मङ्सिर २८ गतेसम्मका लागि बैठक स्थगित गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली-प्रचण्डले लेखेका पत्रहरू अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई बाँडिएको जानकारी दिएका छन्। ‘‘दुवै प्रस्ताव अध्ययन गर्नका लागि स्थायी कमिटी सदस्यहरूलाई सात दिनको समय दिइएको छ,’’ प्रवक्ता श्रेष्ठले भने, ‘‘आजको बैठकले एक मात्र कार्यसूची ‘पार्टीका आन्तरिक समस्याबारे’ तोकेको छ।’’

उनका अनुसार सचिवालय बैठकले एक मात्र कार्यसूची तोकेकाले मङ्सिर २८ गते पुनः बस्ने बैठकमा त्यसै बारेमा छलफल हुने छ।

गत कात्तिक २८ गतेको सचिवालयमा प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रधानमन्त्री ओलीमाथि विभिन्न लाञ्छना लगाउँदै पेस गरेको ‘अभियोगपत्र’ र प्रधानमन्त्री ओलीले मङ्सिर १३ को सचिवालय बैठकमा दिएको ‘प्रत्युत्तरपत्र’लाई कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्नेमा विवाद उत्पन्न भएको थियो।

सिफारिस

ओलीको निष्कर्ष : महाधिवेशन र निर्वाचनबाहिरबाट नेतृत्व लिने प्रयास गर्दा पार्टीमा समस्या

प्रचण्डको ‘अभियोगपत्र’लाई प्रथम दृष्टिमा नै खारेज गरेका ओलीले आजको बैठकमा सो ‘अभियोगपत्र’मा छलफल हुने भएकाले नआएको जानकारी लिखितरूपमा दिएका थिए। ओलीले प्रचण्डको ‘अभियोगपत्र’ पार्टीको विधि, पद्धति र प्रक्रियाविपरीत आएको भन्दै निःसर्त फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन्। आफ्नो ‘प्रत्युत्तरपत्र’का बारेमा पनि छलफल गर्न नहुने भन्दै सोको मुल्यांकन गर्ने जिम्मा कार्यकर्ता र जनतालाई छाडिदिनुपर्ने ओलीले जनाउँदै आएका छन्। सायद, यही विवादका बीचमा ओली-प्रचण्डको प्रस्तावलाई बैठकले कार्यसूची नबनाएको हुनसक्ने देखिएको छ।

त्यसो त, सामान्यतया बैठकहरू कार्यसूची, प्रस्ताव र छलफलका अजेन्डा तय गरी बस्ने प्रचलन भए पनि नेकपाको छैटौं स्थायी कमिटी बैठक बिनाप्रस्ताव बसेको थियो। बैठकलाई ओलीले पठाएको पत्र र प्रचण्डले आफ्नो मन्तव्य राखेपछि मात्रै बैठकको कार्यसूची तय गरिएको थियो। नेकपाको छैटौं स्थायी कमिटीलाई प्रस्तावबिना नै बसेको बैठकको रूपमा इतिहासमा दर्ज हुने भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्