काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले ‘नेपालको परराष्ट्र नीति-२०७७’ तयार गरेकोमा खुसी व्यक्त गरेका छन्।
आज बिहान ट्वीट गर्दै उनले राम्रो कामको निमित्त सम्बन्धित सबैलाई धन्यवाद भनेका छन्। परराष्ट्र नीति तयार गरिनु सराहनीय भएको भन्दै थापाले अब, मार्गदर्शक आधारपत्र भएको बताए।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उनले परराष्ट्र नीतिमा समाविष्ट नीति रणनीतिक रूपमा ठीक भएको तर, कार्यनीति प्रभावकारी हुनुपर्ने टिप्पणी गरेका छन्।
परराष्ट्र नीतिमा केही कमजोरी भने रहेको र भविष्यमा परिमार्जन गर्दै जान सकिने थापाको भनाइ छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिजो ‘नेपालको परराष्ट्र नीति-२०७७’ सार्वजनिक गरेका थिए।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले ‘नेपालको परराष्ट्र नीति-२०७७’ तयार गरेकोमा खुसी व्यक्त गरेका छन्।आज बिहान ट्वीट गर्दै उनले राम्रो कामको निमित्त सम्बन्धित सबैलाई धन्यवाद भनेका छन्। परराष्ट्र नीति तयार गरिनु सराहनीय भएको भन्दै थापाले अब, मार्गदर्शक आधारपत्र भएको बताए।

">