प्रधानमन्त्री ओलीले बाेलाए सर्वदलीय बैठक
<p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठकको आह्वान गरेका छन्।</p>
<p style="text-align: justify;">मुलुकमा राजावादीहरूको प्रदर्शन तीव्र भइरहेका बेला राजनीतिक दल बीच गणतन्त्रको पक्षमा एकमत देखाउने उद्देश्यसहित सर्वदलीय बैठक बोलाएका हुन्। </p>
<p style="text-align: justify;">‘समसमायिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठकको आह्वान गर्नु भएको हो, भोलि ११ बजे सो बैठक बस्ने छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले भने।</p>
<p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-12-07/074832178130282582_725184621703759_4779306033696536060_n.jpg" /></p>
प्रतिक्रिया दिनुहोस्