काठमाडौं। भाडाको संसद भवनमा सदन सञ्चालन गर्दै आएको सरकारले करिब तीन दशकपछि आफ्नै संसद भवन निर्माण गर्दैछ। सिंहदरबार परिसरभित्रको उत्तरपट्टी झण्डै १७३ रोपनी क्षेत्रफलमा अत्याधुनिक संसद भवन निर्माण हुँदैछ।
जनताका प्रतिनिधिहरूको सर्वोच्च थलोका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको सरकारले अहिले वर्षेनी १८ करोड रूपैयाँ तिर्दै आएको छ।
शहरी विकास तथा भवन निर्माण विभागका उपप्रमुख प्रकिर्ण तुलाधरले देखापढीसँग भने, “सरकारको आफ्नै संसद भवन भएपछि भाडा तिर्नुपर्ने करोडौं रूपैयाँ बचत हुनेछ।”
२०५१/५२ देखि नै संसद भवन निर्माण गर्ने प्रयास हुँदै आएको थियो। तर करिब साढे दुई दशकपछि सरकारको आफ्नै संसद भवन निर्माण गर्ने सपना पूरा हुन लागेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ असोज १५ गते टुन्डी सेक जेभीसँग सम्झौता भएको थियो। झण्डै सात अर्बको लागतमा बन्न लागेको संसद भवनमा सबै लगानी नेपाल सरकारको हो।
२०७६ असोजबाट सुरू भएको भवन निर्माणमा १५ प्रतिशत भौतिक प्रगति हासिल गरिसकिएको भवन निर्माणका उपप्रमुख तुलाधरले जानकारी गराए। २०७९ असोजमा योजना सम्पन्न गर्ने लक्ष्य विभागको छ।
उनले भने, “लकडाउनका कारण निर्माण सामग्री आयात गर्न कठिनाइ उत्पन्न भयो। त्यसैले अपेक्षा अनुसार प्रगति गर्न सकेनौं। एक वर्षमा २० प्रतिशत काम सम्पन्न पर्ने हाम्रो लक्ष्य थियो।”
निर्माणाधीन संसद भवनको १२ वटा ब्लकमध्ये अहिले ९ वटा ब्लकको निर्माण कार्य भइरहेको छ।
कस्तो बन्दैछ त संसद भवन ?
मुख्य भवनमा तीन वटा ब्लकहरू हुनेछन्। सेन्ट्रल लबि, माथिल्लो सदन र तल्लो सदन। त्यसैगरी भीभीआईपी कार्यालय, राजनीतिक दलको संसदीय कार्यालय, पार्किङ ब्लक पनि हुनेछन्। त्यस्तै बेग्लै दुईवटा भवन, कमिटी अफिस, क्यान्टिन र लाइब्रेरी गरि १२ वटा भवनहरू निर्माण हुँदैछन्।
तल्लो सदनको सिट क्षमता ४०० हुनेछ। ४०० जना सांसदहरू अटाउने यस सदनमा माथिल्लो र तल्लो सदनका सांसदहरूको संयुक्त ‘सेसन’ सञ्चालन गर्न सकिन्छ। झन्डै ३०० दर्शक बस्न सक्ने गरी तल्लो सदन निर्माणाधीन छ।
माथिल्लो सदन भने १०० सिट क्षमताको हुनेछ। सय सांसदहरू बसेर सेसन चलाउन सकिने यो सदनमा दर्शकदीर्घाका लागि २०० जना अटाउने गरि बाल्कोनी डिजाइन गरिएको भवन निर्माण विभागका उपप्रमुख तुलाधरले जानकारी दिए।
तुलाधरका अनुसार सुविधा र भव्यताका हिसावले अन्तर्राष्ट्रिय स्तरको हुने भए पनि नेपाली मौलिकता झल्कने गरी बनाइन लागेको छ।
“भूकम्प प्रतिरोधक भवनका साथै अत्याधुनिक सुरक्षा प्रणालीबाट भवन निर्माण भइरहेको छ। संसद भवन काठमाडौंको स्थानीय वास्तु कलासँग मिल्ने गरी डिजाइन गरिएको छ,” तुलाधरले भने, “नेपाली मौलिकता झल्काउन मौलिक आर्किटेक्चरलाई प्रोमोट गर्ने गरी प्यागोडा शैली, कार्वन विन्डो, इँटाको प्रयोग गरिनेछ।”
संसद भवनलाई रमणीय बनाउन बगैंचा, खुल्ला ठाउँ, वाटर बडी, पानीको फोहोरा आउने लगायतका संरचनाहरू पनि निर्माण भइरहेको तुलाधरले जानकारी गराए।
भवन निर्माणमा अहिले करिब ४५० कामदारहरु खटिएका छन्। लकडाउनका कारण कामदार संख्या कम भएको विभागले जनाएको छ। लकडाउनअघि ७०० भन्दा बढी कामदार खटिएका थिए।
“भवन निर्माणको इतिहासमा यो सबैभन्दा ठूलो नेपाली प्रोजेक्ट हो। विभागले यसलाई चुनौतीको रूपमा लिएको छ,” तुलाधरले थपे, “विभागको आफ्नै डिजाइनमा भवन निर्माण भइरहेकाले पनि यो हामीले गर्व गर्ने विषय हो।”
" /> काठमाडौं। भाडाको संसद भवनमा सदन सञ्चालन गर्दै आएको सरकारले करिब तीन दशकपछि आफ्नै संसद भवन निर्माण गर्दैछ। सिंहदरबार परिसरभित्रको उत्तरपट्टी झण्डै १७३ रोपनी क्षेत्रफलमा अत्याधुनिक संसद भवन निर्माण हुँदैछ।जनताका प्रतिनिधिहरूको सर्वोच्च थलोका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको सरकारले अहिले वर्षेनी १८ करोड रूपैयाँ तिर्दै आएको छ।

">