काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरूको रक्षाका लागि राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड गरेका छन्।
बालुवाटारमा आह्वान गरिएको सर्वदलीय बैठकमा धारणा राख्दै प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिका विरुद्धमा एकजुट हुन पनि आग्रह गरेका छन्।
“प्राप्त उपलब्धीहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन प्रधानमन्त्रीज्यूले सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “राजनीतिक दलले पनि संविधानविरोधी गतिविधिप्रति आफूहरू चनाखो रहेको जनाएका छन्।”
उनका अनुसार राजावादीहरूले गरेको प्रदर्शनप्रति राजनीतिक दलहरू संवेदनशील रहेको भन्दै प्राप्त उपलब्धीको रक्षाका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन्।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरूको रक्षाका लागि राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड गरेका छन्।बालुवाटारमा आह्वान गरिएको सर्वदलीय बैठकमा धारणा राख्दै प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिका विरुद्धमा एकजुट हुन पनि आग्रह गरेका छन्।

">