काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौं ल्याइएको छ।
राप्रपाका युवा नेता अभिषेक थापाका अनुसार उनलाई नेपाली सेनाकाे हेलिकप्टरमार्फत काठमाडाैं ल्याइएकाे हाे। त्रिभुवन विमानस्थलमा करिब सवा ९ बजे हेलिकप्टर अवतरण गरिएपछि लिङदेनलाई एम्बुलेन्समा राखेर मेडिसिटी अस्पताल लगिएकाे छ।
नेता थापाले अहिले इमर्जेन्सीमा उपचार भइरहेकाे र स्वास्थ्य अवस्था हेरेर वार्ड या आईसीयूमा भर्ना गर्ने तयारी भइरहेकाे जानकारी दिएका छन्। सांसद लिङदेनकाे अवस्था हाल सामान्य रहेकाे उनले बताए।
तीन दिनअघि ज्वरो आएपछि उनलाई झापाको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, पीसीआर परीक्षण गर्दा उनकाे रिपाेर्ट नेगेटिभ आएको जनाइएको छ। लक्षण यथावत् रहेपछि पुनः परीक्षणका लागि उनको स्वाब झापामै सङ्कलन गरिएको छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौं ल्याइएको छ।राप्रपाका युवा नेता अभिषेक थापाका अनुसार उनलाई नेपाली सेनाकाे हेलिकप्टरमार्फत काठमाडाैं ल्याइएकाे हाे। त्रिभुवन विमानस्थलमा करिब सवा ९ बजे हेलिकप्टर अवतरण गरिएपछि लिङदेनलाई एम्बुलेन्समा राखेर मेडिसिटी अस्पताल लगिएकाे छ।

">