बागलुङ प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी
काठमाडौं। बागलुङ क्षेत्र नम्बर २ (ख) बाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही प्रदेश सभा सदस्यमा विजयी भएका छन् । शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन प्राप्त थियो।

शाहीले ११ हजार २३५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत ल्याए।

दुईजनाबीचको मतान्तर दुई हजार ९७ रहेको छ।

कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ३९६ मत खसेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले देखापढीलाई बताए। बदर मतको संख्या ४२५ छ।

यसअघिको प्रदेश सभा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट शेरचन नै उम्मेद्वार थिए। उनले ८ हजार ६२४ मत ल्याएका थिए।

शेरचनलाई पराजित गर्दै राष्ट्रिय जनमोर्चा  टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्