सरकारको ‘सर्वसत्तावाद’ विरुद्ध सडकमा कांग्रेस
काठमाडाैं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने भएको छ।

तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेपछि आक्रोशित प्रतिपक्षी कांग्रेसले मंसिर २९ गते ७७ जिल्लामा प्रदर्शन गर्न लागेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेको भन्दै देशैभर प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन्।

‘भ्रष्टचारमा सरकार लिप्त रहेको छ, जनताका अधिकार कुण्ठित भएको छ, बलात्कारलगायत महिला हिंसा बढेको बढ्यै छ तै पनि सरकार मुकदर्शक भएपछि कांग्रेस सडकमा उत्रिन बाध्य भएको हो,’ प्रवक्ता शर्माले सञ्चारकर्मीसँग भनेका छन्।

मंसिर २९ मा हुने सभामध्ये हेटौंडामा सभापति शेरबहादुर देउवाले र काठमाडौंमा वरिष्ठ नेता पौडेलले सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ।

७७ जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बाेधधन गर्ने कार्यक्रम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्