काठमाडौं। नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले तीन दिनपछि आज स्वदेश फर्किएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र भारतीय जनता पार्टी (भाजपा) बीच ‘पार्टीगत सम्बन्ध विस्तार’बारे छलफलका लागि उनी काठमाडौं आएका थिए।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको निमन्त्रणामा नेपाल आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवालाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटघाट नै नगरी स्वदेश फर्किएका हुन्।
‘‘नेकपाको विदेश विभाग प्रमुखलाई खबर नै नगरी आएकोमा आपत्ति जनाए पनि चौथाईवालाले माधव नेपाललाई मात्रै होइन, अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गर्न मानेनन्,’’ चौथाईवालानिकट स्रोतले देखापढीसँग भन्यो, ‘‘नेपाल-भारतबीच सबन्ध सुधार भइरहेको र भारतको नजरमा पछिल्लो समय ‘अविश्वासिलो नेता’का रूपमा दर्ज भएकाले भेटघाट नगरिएको हो।’’
उनका अनुसार भारतबाट आउँदा नै प्रचण्ड-नेपाललगायतका नेतालाई नभेट्ने पार्टीगत सरसल्लाह गरेर चौथाईवाला भैरहवा हुँदै नेपाल आएका थिए।
मुख्यतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’का रूपमा ‘रअ’ प्रमुख सामान्त गोयलले प्रधानमन्त्री ओलीलाई भेटघाट गरी दुई देशबीचमा सम्बन्ध सुधारतर्फ लगेको अवस्था देख्दादेख्दै प्रचण्ड-नेपाल समूहले उक्त भेटघाटलाई लिखित दस्तावेज बनाएर ‘राजनीतिकरण’ गरेपछि भारत सरकार र भाजपा दुवैपक्ष उनीहरूसँग पछिल्लो समयमा चिडिएका छन्।
‘‘दुई देशका बीचमा सम्बन्ध सुधार गर्न भारत-नेपालका प्रधानमन्त्रीहरू निरन्तर रूपमा बिभिन्न च्यानलमार्फत लागिरहनुभएको छ,’’ चौथाईवालालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘तर त्यसैमा प्रचण्ड-नेपाल लगायतका नेताले राजनीति गर्न खोजेपछि अहिले भारत सरकार र भाजपा दुवै बिच्किन पुगेका छन्। त्यसै कारण थप राजनीति नहोस् भनेर नभेटिएको हो।’’
उनका अनुसार प्रचण्ड-नेपाललाई भेट्दा नेपाल-भारत सरकार बीचका काम कारबाहीमा अवरोध हुने तथा त्यसले भ्रममात्रै जन्माउने भएकाले भाजपा विदेश विभाग प्रमुख चौथाईवाला मात्रै होइन, यसबीचमा नेपाल आएका भारतका उच्च अधिकारीहरूले पनि प्रचण्ड-नेपाललाई भेटन नमानेका हुन्।
कात्तिक ४ गते भारतीय प्रधानमन्त्री मोदीको ‘विशेष दूत’का रूपमा सामान्त गोयल नेपाल आएपछि यसबीचमा चौथाईवाला लगायत गत कात्तिक १९ मा नेपाल आएका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोजमुकुन्द नरवणे, भारतीय विदेशसचिव हर्षबद्र्धन श्रीगंलाको गत मङ्सिर ११-१२ मा नेपाल भ्रमण भयो तर कसैले पनि कार्यकारी अध्यक्ष प्रचण्ड-वरिष्ठ नेता नेपाल दुवै नेतालाई भेटघाट गर्न अस्वीकार गरेका थिए। लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सा प्रकरणपछि भारतबाट उच्च पदस्थ अधिकारी र शीर्षस्तरका नेताहरू नेपाल आउँदा पनि प्रचण्ड-नेपाललाई नभेटी फर्किएका थिए।
तर, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उनको बालुवाटारस्थित निवासमा, अर्थमन्त्री पौडेललाई सिंहदरबारमा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा चौथाईवालाले भेटघाट गरी द्विपक्षीय सम्बन्ध विस्तारमा भाजपा सदैव अग्रसर रहेको जनाएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठस्थित निवासमा र महामन्त्री शशाङ्क कोइरालालाई सोल्टी होटलमा उनले भेटघाट गरेका थिए। जनता समाजवादी पार्टी (नेपाल)का नेताहरूलाई भेटघाट गरेका चौथाईवालाले नेकपाका प्रभावशाली नेता मानिएका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई भने भेटघाट गर्न मानेनन्।
महन्थ, उपेन्द्र र राजेन्द्रसँग भेटघाट, बाबुराम ‘आउट’
भारतबाट आएका गोयलबाहेक अन्य भारतीय उच्च अधिकारी र शीर्षस्तरका नेताले तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्वयसहितका नेतालाई भेटघाट गरे पनि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भने भेटघाट गर्न अस्वीकार गरेको नेताहरूले बताएका छन्।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलगायत भारतीय स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा दिइएको रात्रिभोजमा निम्तो थियो भने भारतीय दूतावासले भट्टराईलाई निम्तोसमेत नगरेको दूतावास स्रोतले बतायो।
विदेशसचिव श्रीगंलाले द्वारिका होटलमा अध्यक्षद्वय ठाकुर र यादवलाई भेटघाट गरेका थिए। आज ठाकुर र महतोलाई सोल्टी होटलमा भेटघाट गरेपछि भाजपा विदेश विभाग प्रमुख चौथाईवाला फर्किएका थिए।
चिनियाँ रक्षामन्त्रीले पनि प्रचण्ड-नेपाललाई भेटघाट गरेनन्
भारतीय विदेशसचिव फर्किएको दुई दिनपछि अर्थात् मङ्सिर १४ गते चिनियाँ रक्षामन्त्री जनरल वाई फेङ नेपाल भ्रमणमा आउँदा पनि प्रचण्ड-नेपाललाई भेटघाट नगरी फर्किएका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा प्रचण्ड-नेपाललगायतका नेतालाई भेटघाट गरे पनि रक्षामन्त्री प्रचण्ड-नेपाललाई भेटघाट नगरी बंगलादेश प्रस्थान गरेको विषयले नेकपाभित्र चर्चा परिचर्चा पाएको थियो।
Honoured to call on Rt. Hon. PM @kpsharmaoli ji today. It's pleasure to be in Kathmandu on the invitation of General Secretary of Nepal Communist Party and Finance Minister Shri Bishnu Paudel ji. @bpaudel1959 @IndiaInNepal pic.twitter.com/BJYUoJyQOr
— Dr Vijay Chauthaiwale (@vijai63) December 10, 2020