काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिस्ट पार्टीकै काँधमा भएको बताएका छन्।
नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौशर शाहसहित १०९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले भने, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफलहरु त्यही समाजवादतिरको यात्राका लागि हुन्। समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन्।”
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताए। उनले अगाडि भने, “यो बेला पक्कै पनि चुनौतीहरु आउँछन्। ती समस्या र चुनौतीको पनि सामना गर्न सक्ने तागत कम्युनिस्ट पार्टीभित्रै छ। कम्युनिस्ट पार्टीले आफैंभित्रबाट त्यो तागत पैदा गरेर समाजवादतिर लाग्ने छ।”
उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए।
कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए। उनले भने, "मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन्। मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ।"
पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टीभित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताइन्। उनले देशमा जाति, लिंग र समुदायमा आएको परिवर्तन कम्युनिस्ट पार्टीले नै ल्याएको दाबी गरिन्।
काठमाडौं महानगरपालिकाको नेपाली काँग्रेस नगर सदस्य रहेकी उनी विगतमा नेपाल विद्यार्थी सङ्घ पद्मकन्या क्याम्पसमा नेविसङ्घमा आबद्ध थिइन्। उनी २०६२/६३ सालको आन्दोलनमा चारपटक हिरासतमा परेकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभा सदस्य बनेकी थिइन्।
" /> काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिस्ट पार्टीकै काँधमा भएको बताएका छन्।नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौशर शाहसहित १०९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

">