काठमाडौं। विवेकशील साझा पार्टीले उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।

आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि सरकार जिम्मेवार रहेको विवेकशील साझाले जनाएको छ।

“गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने  सहमति गरेको थियो,” विवेकशील साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक छ।”

सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको विवेकशील साझाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ।”

काठमाडौंमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषकहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि उक्त पार्टीले अनुरोध गरेको छ।

“कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ,” विवेकशील साझाले जनाएको छ।

" /> काठमाडौं। विवेकशील साझा पार्टीले उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।

आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि सरकार जिम्मेवार रहेको विवेकशील साझाले जनाएको छ।

“गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने  सहमति गरेको थियो,” विवेकशील साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक छ।”

सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको विवेकशील साझाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ।”

काठमाडौंमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषकहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि उक्त पार्टीले अनुरोध गरेको छ।

“कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ,” विवेकशील साझाले जनाएको छ।

"> उखु किसानको आन्दोलनमा विवेकशील साझाको समर्थन: Dekhapadhi
उखु किसानको आन्दोलनमा विवेकशील साझाको समर्थन
काठमाडौं। विवेकशील साझा पार्टीले उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।

आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि सरकार जिम्मेवार रहेको विवेकशील साझाले जनाएको छ।

“गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने  सहमति गरेको थियो,” विवेकशील साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक छ।”

सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको विवेकशील साझाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ।”

काठमाडौंमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषकहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि उक्त पार्टीले अनुरोध गरेको छ।

“कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ,” विवेकशील साझाले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्