काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज एक बजे सुरू हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।
यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटि बैठकमा पत्र पठाई अनुपस्थित रहेका प्रधानमन्त्री ओली आज भने बैठकमा सहभागी हुने भएका हुन्।
“प्रधानमन्त्रीज्यू आज बस्ने स्थायी कमिटि बैठकमा सहभागी हुनुहुन्छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
हिजोसम्म नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा जाने/नजाने टुंगो लागेको थिएन। स्रोतका अनुसार आज केही समझादारी भएपछि उनी बैठकमा जाने भएका हुन्।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’ मा छलफल चलाउने अडान लिएपछि प्रधानमन्त्री ओलीको उपस्थिति अन्योलमा परेको थियो।
गत मङ्सिर २१ गतेको सचिवालय बैठकमा कार्यसूचीमा नपरे पनि प्रचण्डको ‘अभियोगपत्र’ र ओलीको ‘प्रत्युत्तरपत्र’लाई छलफलको विषय बनाउन जोड गर्नु मूर्खता देखिएको ओलीनिकट एक नेताले बताएका थिए।
स्रोतका अनुसार मङ्सिर २१ गतेको सचिवालय बैठकले पार्टीको आन्तरिक समस्याबारे मात्रै कार्यसूचीमा पेस गरेकाले त्यसमा छलफल हुने भएपछि प्रधानमन्त्री बैठकमा जान लागेका हुन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज एक बजे सुरू हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटि बैठकमा पत्र पठाई अनुपस्थित रहेका प्रधानमन्त्री ओली आज भने बैठकमा सहभागी हुने भएका हुन्।

">